धर्मेन्द्र कुमार साह
गौर, २० भदौ ।
गौर भन्सार कार्यालयको दक्षिण पट्टि भारतीय सिमा संगै रहेको क्रान्तिद्वार संगै सडक किनारमा रोकिराखिएको भारतीय नम्बरको ट्रकको छेउमा बसी रहेका सिवेष कुमार (परिवर्तित नाम) को आ“खा भरि आ“शु थियो । उनलाई सिमावर्ती सहर बैरगीनियाबाट प्याज किनेर आउदै गर्दा गौर भन्सारको सुरक्षार्थ खटेका शसस्त्र प्रहरीहरुले आउ“ नदिए पछि आ“खा भरि आशु लिदै सडक छेउमै बसेका हुन् ।
प्रचण्ड घाममा पनि ट्रकको सिमित छायामा बसेका सिवेषले आफ्नै भूमिमा प्रहरीद्वारा गरिएको ब्यबहार प्रति चिन्तित र आक्रोशित थिए । सुरुमा सम्वाद गर्न संकोच मानेका सिवेषले पछि आक्रामक हुदै प्रहरी प्रति कतिपय नकारात्मक टिप्पणिहरु पनि गरे । भन्सार छेउमै पसल चलाउने उनि कहिले काही सिमावर्ती बजारबाट आफ्नै पसलमा प्रयोगको निमित समानहरु ल्याउने गर्छन । बैरगीनिया बजारबाट समानहरु ल्याउदा बाटोमा फरक ठाउ ठाउमा भारतीय कस्टमर भारतीय सिमा सुरक्षा बल एस एस बि का चेक पोस्टहरु पर्छन , तर त्याहां कुनै अबरोध नरहेको उनि बताउछन । उनले बिदेशी भूमिबाट आउदा नरोकिने समान आफ्नै भूमिका सुरक्षाकर्मीहरुले रोकी दुख दिएको आरोप लगाउछन । उनि तस्करी भन्दै गरिबहरुको रोजीरोटी मार्ने काम भएकोमा समेत असन्तुष्टि जनाउ“छन । उनि समान रोक्ने शैली प्रति पनि प्रश्न गर्छन । “समान रोक्दा सभ्य भाषा पनि बोल्न सकिन्छ तर यसरि गालि गर्दै लाठीले कुनै अपराधीलाई लखेटेको जस्तो गर्नु राम्रो होइन ।
यहा दैनिक दर्जनौ नेपालि महिलाहरु आफ्नै भूमिमा आफ्नो अस्मिता जोगाउन संघर्ष गरिरहेको छ “उनले बताए । उनले रहरले नभएर बाध्यताले दैनिक अपमान सहेर पनि सोहि काम गर्नु परेको बताउछन । उनको दाहिना हाथाको हत्केला काटिएको छ ।
सिवेशले दाहना हातको हत्केला नहुदा अर्को काम गर्ने अवस्था नदेखेपछि पसल संचालन गरेको र सिमावर्ती सहरबाट कहिलेकाही समानहरु ल्याउने गरेको स्वीकार गर्छन ।
उनले आफ्नो कुरा राखी रहदा पाइपको लाठी लिएका शसस्त्र प्रहरीले गालि गर्दै लखेट्न खोजेपछि उनि समानलाई काखी च्यापी भाग्छन । क्रान्तिद्वार नज्दिकै प्रतिकक्षालय छ । प्रतिकक्षालय महिलाहरुको अलग अलग समुहले भरिएको छ । उनीहरुको संवाद निकै तनावपूर्ण र कारुणिक छ । नाम उल्लेख नगर्ने सर्तमा एक महिलाले अफुहरु दैनिक रुपमा समान लैजाने र गौरमा बेच्ने काममा संलग्न रहेको स्वीकार गर्छन । उनलाई त्यो काम गैर कानुनि रहेको पनि थाहा छ तर पारिवारिक जिम्मेवारीले गर्दा कष्टकर काम गर्ने गरेको बताउछन ।
हल्का गुलाबी रंगको कुर्ता लगाएकी करिब ३५ बर्षीय ति महिलाले शसस्त्र प्रहरीको प्रस्तुतिले दुखि बनेकी बताउछन । उनले बैरगीनियाबाट दैनिक २ देखि ३ बोरा चामल ल्याउने गरेको र त्यस वापताले उनले दैनिक करिब ५ सय रुपैया कमाउने गरेको बताउछिन । “शनिवार बिहान काममा आउने बेलामा उनको छोरीले जिलेबी ल्याइदिनु भनेको बताउदै उनले कमाईनै नाभेपछी छोरीको सो इच्छा पनि पुरा गर्न नसक्ने बताइन ।
उनि सधै अपमान र तिरस्कारका शब्दहरु सुन्दै काम गर्नु परेको पिडा पोख्छिन । “घाममा टाउकोमा चामलको भारि बोकी काम गर्ने रहर हुदैन , तर काम नगर्दा भोकै बस्नु पर्ने भएकोले काम गर्छु । घरमा कमाउने कोहि छैन , यहि कमाइले घर धानु परेको छ । यी कुरा भारतीय प्रहरीले चाई बुझे पनि आफनै भूमिमा अपमानित हुनु पर्छ “उनले आरोप लगाइन । १४ बर्षिया सोनु कुमार रुदै प्रहरीलाई हार गुहार गर्दैछ । एक जना प्रहरीले ति बालक प्रति सहानुभूति जनाई रहदा केहि प्रहरीले भन्ने गालि गर्दै उनलाई लखेटे । रुदै गरेका ति १४ बर्षीय बालकले बैरगियाबाट साढे चार सय रुपैया भारुमा किनेको ड्रिम लाइट बिस्कुटको एक कार्टुन प्रहरीले समातेको बताए । उनले आमाले गाउमा सानो पसल सन्चालन गरेको र सोहि पसलको लागि बिस्कुट किनेर ल्याउदै गर्दा प्रहरीले समातेको भन्दै रुदै सबै संग अनुनय बिनय गरिरहे ।
पहेलो रंगको साडी लगाएकी एक महिलालाइ गौरको हाट बजारमा जाने हतारो हुदै छ । तर उनले ल्याएको समानहरु समातिने डरले उनि आफ्नै भूमिमा फर्किन सकेको छैन । उनले बैरगियाबट आलु,प्याज ल्याएकी छन् । संगै उभिएका एक युवकले प्रहरीले कारोवारिलाई नरोक्ने तर स साना काम गर्नेहरुलाई दुख दिने गरेको आरोप लगाए । उनले राति राति लाखौको समान आउदा प्रहरीले रोक्न नसकेको आरोप लगाउदै आफनै नागरिकलाई दुख दिएको बताए ।
यता बोर्डर सुरक्षार्थ खटेका प्रहरी युनिटले भन्ने आम नागरिकलाई कुनै रोकटोक नरहेको दावी गर्छन । भन्सार प्रहरीका इन्चार्ज गोपी अधिकारिले आम नागरिकलाई कुनै रोकटोक नरहेको तर दैनिक तस्करी गर्नेहरुलाई भन्ने रोकिएको बताउछन । उनले दैनिक कारोवारिहरु भन्ने रोक्ने पर्ने अवस्था रहेको बताउछन । पछिल्लो समयमा गौर भन्सार कार्यालयमा दैनिक रुपमा तनावहरु हुदै आएको छ । स्थानिय महिलाहरु र प्रहरी जवानहरु बीच पटक पटक झडपनै हुने गरेको छ । शुक्रवार पनि कहिँ महिला र प्रहरी बीच झडप भएको थियो । झडपमा प्रहरी माथि हातपात गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ समेत गरेको थियो । गौर नगरपालिका वार्ड नम्बर ६ का रेजुना नेसालाई प्रहरीले पक्राउ गरेको हो । उनि माथि मुद्दा चलाउने तैयारी गरिएको बुझिएको छ । यता महिलाहरुले भन्ने समान ल्या वापत प्रहरीहरुलाई रकम समेत दिदै आएको आरोप लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here