चन्द्रपुर,२० भदौ । चन्द्रपुर नगरपालिका वडा नं. ९ सिन्दुरेघारीमा रहेको श्रीमद् भागवत सेवा संस्थाको तेस्रो साधारण बार्षीक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गोविन्द दुलालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा चन्द्रपुर ९ का वडा सदस्य नानु श्रेष्ठ बुद्धिमाया तामाङ, जयकिसान सहकारी सस्थाका अध्यक्ष प्रकाश चौलागाई लगायतका अतिथिहरुको उपस्थिति रहेको सस्थाका सचिब गणेश तिमल्सिनाले बताए । कार्यक्रममा प्रमुख अतिथी दुलालले संस्थाको लागि सधै सकारात्मक रहेको र आफु सामाजिक संस्थाको लागि सधै सहयोगि रहेको बताए । कार्यक्रममा संस्थाका अध्यक्ष दामोदर दुलालले आर्थिक ०७७÷०७८ को बार्षिक आय – व्याय विवरण प्रस्तुत गरेका थिए । साधारण सभा कार्याक्रम सस्ंथाकि सचिब मिरा थापा कार्कीले गरेकि थिईन । श्रीमद् भागवत सेवा संस्था समाजमा रहेका असाहय बृद्धाहरुको सेवाको लागि स्थापना गरिएको सस्था हो । सस्थाले असाहयहरुलाई बिभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here