धर्मेन्द्र कुमार साह
गौर, २१ भदौं ।
रौतहट जिल्लामा संचालितबाल संरक्षण तथा स्कलरशिप र पोषण तथा उत्थानाशील परियोजनाको जिल्ला परियोजना सल्लाहकार समिति बैठक सम्पन्नभएको छ ।वर्ल्ड भिजनको सहयोग र ग्रामिण बिकाश केन्द्र रौतहटको आयोजना संचालित सो परियोजनाको जिल्ला सल्लाहकार समितिको बैठकमा सरोकारवाला निकायका पदाधिकारीहरुले परियोजना सफल रहेको बताएका हुन् । कार्यक्रममा बोल्दै माधवनारायण नगरपालिकाकानगर प्रमुख बिरेन्द्र यादवले परियोजनानगर क्षेत्रका बालबालिका सहित सयौ घर परिवार लाभान्वित भएको बताएका हुन् । सोहि कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादवले राज्यको काममा सघाएको भन्दै परियोजनालाई धन्यवाद ज्ञापन गरेकाहुन् । उनले जिल्ला प्रशासन भवनमा स्थापितहुन् लागेको डि इ ओ सी संचालानाको लागि संस्थागत सहयोग आवस्यक रहेको बताएकाहुन् । परियोजनाबाटकरिब १५ हजार भन्दा धेरै व्यक्तिलाभान्वित रहेको तथ्यांक प्रस्तुतगरिएको थियो । सो परियोजनाअन्तर्गत जीविकोपार्जन , शिक्षा, पोषण तथाकोभिड प्रतिकारको क्षेत्रमाकामहुदै आएको हो । परियोजना रौतहट जिल्लाको गरुडा र माधव नारायाण नगरपालिकामा संचालनमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here