गौर,२१ भदौ । रौतहटमा पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोजेको घटनामा मुछिएका दुई जना सादा पोसाकमा घुमुवा प्रहरी माथि जिल्ला प्रहरीले षड्यन्त्रकारीको मुद्दा चलाएको छ । बिहीबार जिल्ला न्यायाधिवक्ताको कार्यालयमा उनीहरूको बयान लिइएको थियो । लागूऔषध राख्ने बेला दुवै प्रहरी घटनास्थलमै रहेका थिए । पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने बेला घटनास्थलमा संलग्न प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज साह विरुद्ध षड्यन्त्रकारी ऐन अन्तर्गत मुद्दा चलाएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
प्रहरीको बिरोधमा एक स्थानीय अनलाईन न्युज पोर्टलमा समाचार आए पछि समाचार लेख्ने पत्रकारलाई सादा पोसाकका प्रहरीले फसाउन उनले चढने गरेको मोटर साईकलमा लागु औषध राखेर नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटले रिसिवी साधेर निर्दोष व्यक्तिहरुलाई फसाउने कार्य गरेको प्रमाणित भएको छ ।
साउन ३२ गते बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागुऔषध नाइट्राभेट सहित पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले नै फसाएको भिडियो (सिसिटिभी) फुटेज सार्वजनिक भएको थियो ।
प्रहरीको बिरोधमा समाचार लेखेको भन्दै पत्रकार मोजिबुल्लाह र अर्का एक जनालाई प्रहरीले साउन ३२ गते पक्राउ गरेको थियो ।
तर, भदौं ७ गते पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धि विक्रम शाहले नेपाल पत्रकार महासंघ रौतहटका सह–सचिव सञ्जय शहनीले धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरि मोजिबुल्लाहलाई फसाएको बताएका थिए ।
पत्रकारलाई लागुऔषध मुद्दामा फसाइएको घटना बाहिरिएपछि रौतहटका एसपी सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय तानिएका छन् । उनलाई प्रधान कार्यालयको प्रशासन शाखामा तानिएको हो । त्यस पछि रौतहट प्रहरी प्रमुख बिहिन भएको छ । स्रोतका अनुसार जिल्ला प्रहरी प्रधान कार्यालय रौतहट पठाउनका लागि प्रहरी प्रधान कार्यालयले दुई जना एसपीलाई जान भनेको भए पनि ती एसपी रौतहट आउन नमानेका हुन् । उनको ठाउमा अर्का एसपीहरुलाई पठाउन खोज्दा रौतहट आउन नमानेको समाचारस्रोतको भनाइ रहेको छ । एसपी सिद्धि बिक्रम शाहीको तानीय पछि अहिले जिल्ला प्रहरी कार्यालय रौतहटमा डिएसपी नारायण प्रसाद चिमोरियाले निमित्त भएर काम चलाउदै आएका छन् ।
डिएसपी चिमोरियालाई पनि पत्रकार मोजिबुल्ला काण्डमा छानबिनको दायरामा ल्याउनुपर्ने रौतहटका पत्रकारले माग गरेका थिए । नेपाल पत्रकार महासंघ रौतहट शाखाले एसपी शाह र डिएसपी चिमोरिया दुबैलाई कार्वाहीको दायरामा ल्याउन माग गरेको भएपनि डिएसपी माथि कुनै छानबिन नभएको पत्रकारहरुको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here