धर्मेन्द्र कुमार साह
गौर,२१ भदौ ।
रौतहटमा मानव बेच बिखन तथा ओसार पोसार बिरुद्धको राष्ट्रिय दिवस रौतहटमा पनि छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरि मनाइएको छ । “मानव बेच बिखन मुक्त समाज हाम्रो प्रतिबद्धता, सबैको प्रयास र ऐक्यवद्धता “ भन्ने मूलनाराका साथ् १५ औ राष्ट्रिय मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवस मनाइएको हो ।
इस्लामिक रिलिफ नेपालको सहयोग र ग्रामिण बिकाश केन्द्रको आयोजनामा अलग अलग कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो । गौरमा रहेको ग्रामिण बिकाश केन्द्रको सभाहलमा अन्तरक्रिया कार्यक्रम र राजदेवी तथा राजापुर नगरपालिकामा मैनावती प्रज्वलन गरि दिवस मनाइएको हो । गौरमा आयोजित अन्तरक्रियाको क्रममा मानव बेच बिखनको वर्तमान अवस्था र यसका न्यूनीकरणका उपायहरु सम्बन्धमा छलफल गरिएको थियो ।
सो कार्यक्रममा बोल्दै अध्यक्ष पारस हुसैनले मानविय हिसाबले सबैले आ—आफ्नो ठाउबाट भूमिका खेल्नु पर्ने बताएका हुन् । उनले नागरिक समाजको रुपमा सामाजिक संघ संस्थाहरुले आ—आफ्नो तहमा कामगरिरहेकोमाखुसि ब्यक्त गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here