चन्द्रपुर,२२ भदौ । निजामति दिवशको अबसर पारेर रौतहटको चन्द्रपुरमा रहेका कर्मचारीहरुले मंगलबार चन्द्रनिगाहपुर अस्पतालमा रहेका बिरामीहरुलाइ फलफुल बितरण गरेका छन । इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब डोरेन्द्र निरौलाको प्रमुख आतिथ्यमा अस्पतालका करिब २५ जना बिरामीलाइ फलफुल बितरण गरिएको हो ।
फलफुल बितरण कार्यक्रममा उप सचिब निरौलाले निजामति कर्मचारी निस्वार्थ भएर सेवा गर्नुपर्ने सेवा गदै आएको र अझ शसक्त भएर काम गर्नुपर्ने बताउनु भएको छ । यस्तै कार्यक्रममा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अमरदेब यादबले अब सम्पुर्ण निजामति कर्मचारी एकजुट भएर हिडनु बताउनुभएको छ ।
निजामति ट्रेड युनियन महासंघ रौतहटका उपाध्यक्ष शम्भु महतोको अध्यक्षतामा भएको कार्यक्रममा नापी कार्यालय चन्द्रनिगाहपुर,सडक कार्यालय,भु संरक्षण तथा जलाधार कार्यालय,वन कार्यालय,चन्द्रनिगाहपुर अस्पताल,मालपोत कार्यालय,पशु कार्यालय लगायत सरकारी कार्यालयका कर्मचारीहरुको उपस्थीती रहेको थियो । सोही अबसरमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अमरदेब यादबले उपस्थीत सबैलाइ तेजपत्ताको बिरुवा प्रदान गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here