रुपेन्द्र पटेल
चन्द्रपुर,२२ भदौ ।
जलवायु उत्थानशिल कार्यक्रम अन्तर्गत स्थानीय सरकारसंग समुदाय कार्यक्रम सोमबार सम्पन्न भएको छ । युरोपियन युनियन र अक्फाम इन नेपालको आर्थिक सहयोग तथा आरडिसी नेपालको समन्वयमा चन्द्रपुर नगरपालिका वडा नं–९ का जनप्रतिनिधि र सोही वडाका सहकारी संस्था, दुग्ध उत्पादक सहकारी, बाल क्लव, युवा क्लव लगायत ९ वटा समूहको सहभागिता रहेको थियो । कार्यक्रममा बाल क्लवका तर्फबाट प्रतिभा चौधरीले बालबालिकाहरुलाई राज्यले विगतका उपलब्ध गराउदै आएको १५ प्रतिशत रकमका बारेमा स्थानीय सरकारले जानकारी नदिएको गुनासो गरिन् ।
उनले बालश्रम न्यूनिकरणमा स्थानीय सरकार उदासिन भएकोले बालश्रमको अवस्था अझ भयावह हुदै गएको प्रति चिन्ताव्यक्त गर्दै यसलाई न्यूनिकरणका लागि स्थानीय तहको गहन जिम्मेवारी हुने बताइन् । कार्यक्रममा कृषि सहकारीका तर्फबाट उठेको प्रश्नको जवाफ दिदै वडा अध्यक्ष गोविन्द दुलालले वडामा कृषि सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।
उनले चेतनगर सिन्दुरेघारीमा नया सडक निर्माण गरेको बताएका छन् । उनले कृषि विमाको लागि वडाले पहल गरेपनि कृषकको उत्पादनको विमा गर्नुपर्ने तर्फ वडाले कदम चालेकोभएपनि विमा कम्पनीले लागतको मात्र विमा गर्ने भन्दा कुरा नमिलेको बताए ।
वडा अध्यक्ष दुलालले जनताको कामको लागि आफु निर्वाचित भएकोले जनताको काममा आफु सदैव अग्रभागमा रहेको काम गरिरहेको बताएका छन् । कानुन सम्मत काम गरेर जनताको मन जित्ने काम गरिरहेको अवस्थाका कानुनले वर्जित गरेको काम कसैले पनि गर्न नहुने उनको कथन थियो । उनले जातिय विभेद, लैगिंक विभेद लगायतका अन्य विभेदप्रति वडा जिम्मेवार रहेको बताउदै उनले विभेद अन्त्यका लागि वडाले सवैसंग समन्वय गरेर काम गरिरहेको बताए । अध्यक्ष दुलालले तुलनात्मक रुपमा समाज परिवर्तन भएपनि लक्ष्य अनुरुप परिवर्तन हुन नसकेको स्वीकार गर्दै अवकादिनमा बाल श्रम न्यूनिकरणमा स्थानीय निकायले काम गर्ने बताए । कार्यक्रममा ज्योति फुयाल र बहादुर खत्रीले सहजिकरण गरेका थिए । ३५ जनाको सहभागिता रहेको कार्यक्रममा जलवायु उत्थानशिल कार्यक्रम चन्द्रपुर र वृन्दावन नगरपालिकामा संचालन भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here