गौर,२३ भदौ । अहिले नेपाली राजनीतिक वृतमा चर्चामा रह्ने व्यक्ति हुन् पूर्वमन्त्री प्रभु साह । तत्कालीन नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता प्रभु साह एमाले र माओवादी केन्द्रको एकताबाट गठित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश २ अध्यक्षको रुपमा सक्रिय थिए । जब नेकपा दुई चिरामा विभाजित भयो, त्यसपछि माओवादी पक्षबाट आएका उनले केपी ओलीलाई साथ दिदै मन्त्री समेत बनेका थिए । तर सर्वोच्च अदालतको फैसला पश्चात एमाले ब्युतेपछि यथास्थितिवादी भन्दै एमालेलाई स्वीकार नगरी अहिले उनी क्रान्तिकारीहरुको ध्रुवीकरणमा लागेका हुन् । नेकपा विघटन भएदेखि नै पूर्वमन्त्री साहले नेकपा एमाले नभई नेकपाकै निरन्तरताको रुपमा अगाडि बढ्नुपर्ने, माओवादी पक्षलाई सहअस्तित्वको रुपमा स्वीकार्नुपर्ने, नेकपाले अवलम्बन गरेकै विचारलाई पार्टीको विचार मान्नुपर्नेजस्ता मागहरु राखेर यथास्थितिमा एमाले स्वीकार्न नसक्ने स्पष्ट पारिसकेका छन् ।
तर अध्यक्ष ओली भने यथास्थितिमै बस्न खोजेको आरोप राजनीतिक वृत्तमा लागिरहेको बेला पूर्वमन्त्री साह क्रान्तिकारीहरुको ध्रुवीकरण गर्दै देशलाई स्थायित्व दिने दिशामा अगाडि बढेका छन् ।
नेकपा हुंदा देखि नै पार्टी एकता जोगाउन लगातार अग्रभुमिकामा रहेका पूर्वमन्त्री साहले अहिले क्रान्तिकारी ध्रुवीकरणमा केन्द्रित भएको उनी निकट एक नेताले बताए ।
उनि लगातार कम्युनिष्ट एकताका लागि लड्दै आएका नेता हो । माओवादीमा हुंदा होस् चाहे नेकपामा उनले निरन्तर पार्टी एकताको स्पिरिटमा काम गरेको तपाई हामी सबैले देखेका हौं । सबै नेताहरु पदकै लागि एकता भांडिरहेको बेला उनले प्रदेश अध्यक्षबाट राजिनामा समेत दिएका थिए । ती नेताले भने, देशमा राजनीतिक संकट गहिरिदै गएको र उपलब्धि गुम्ने खतरा बढदै गएकोले क्रान्तिकारीहरुको ध्रुवीकरण आजको आवश्यकता बनेको छ । र उनले अहिले त्यही दिशामा केन्द्रित भएको छ ।
तर नेकपा एमालेले भने पूर्वमन्त्री साहको एकता अभियानलाई सहज रुपमा लिएको छैन । एमालेका एक स्थायी कमिटी सदस्यले पूर्वमन्त्री साहले पार्टी छोडेर जादा पनि आफुहरुलाई फरक नपर्ने बताए । पूर्वमन्त्री साहले अहिलेसम्म एमाले नस्वीकारेकोले उनको अभियान व्यक्तिगत भएको ती स्थायी कमिटी सदस्यले जीकिर गरे ।
अदालतले हामीलाई एमाले बन्न भन्यो हामी बन्यौं । कसैलाई एमालेमा बस्न मन लागेन भने पार्टी छोडे पनि हामीलाई केही फरक पर्दैन् ती सदस्यले भने, जहासम्म तपाईले सोधेको विषयमा भन्नुपर्दा उनले अहिलेसम्म एमाले स्वीकारेकै होइन । उनले जेसुकै गरे त्यो उनको नितान्त व्यक्तिगत विषय हो ।
विगतदेखि नै पूर्वमन्त्री साहले मुख्यतः वर्तमान राजनीतिक किचलो र अस्थिरता हटाउन क्रान्तिकारीहरु एक ठाउ“मा उभिन आग्रह गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here