चन्द्रपुर,२३ भदौ ।जिल्लाको चन्द्रनिगाहपुर क्षेत्रमा मोटर साईकल चोरीका घटना बढदै गएको भएपनि चोरी भएका मोटर साईकल प्रहरीले फेला पार्न सकेको छैन् ।
मंगलबार बिहान मोटर साईकल पुर्व पश्चिम राजमार्ग छेउमा राखेर घा“स लिन राजमार्ग छेउमा गएका एकजनाको मोटर साईकल चोरी भएको छ । जिल्लाको चन्द्रपुर नगर क्षेत्राबाट महिनामा १० देखी १५ वटा मोटर साईकल चोरी हुने गरेको छ । मोटर साईकल चोरी भएपछि प्रहरीमा जानकारी गराउने गरेको भएपनि चोरी भएका मोटर साईकल फेला पर्ने गरेको छैन् ।
मंबलबार बिहान चन्द्रपुर २ को लच्का नजिकै घा“स लिन गएका सोही वडाका राजेन्द्र कुंवरको प्रदेश २ –०३–००६प ८४६४ नम्बरको कालो रातो रंगको पल्सर मोटर साईकल चोरी भएको हो । मोटर साईकलको विमा अवधि सकिएकाले आफु मारमा परेको मोटर साईकल धनी कुंवरले तराई एक्सप्रेससंग गुनासो गरे । राजमार्ग छेउमा मोटर साईकल राखेर घा“स काट्न छिरेका कुंवर घा“स लिएर राजमार्ग छेउमा आंउदा चोरले मोटर साईकल लगि सकेको थियो ।
जंगल छेउ मात्र नभएर चन्द्रनिगाहपुरको मुख्य चोकबाटै मोटर साईकल चोरी हुदा समेत प्रहरीले फेला पार्न सकेको छैन् ।
चन्द्रनिगाहपुर क्षेत्राबाट चोरी भउका मोटर साईकल गुजरा नगरपालिकाको ग्रामिण भेगमा रहेका मोटर साईकल ग्यारेज र फुतुवा विजयपुर नगरपालिकामा रहेका ग्यारेजमा लगेर पार्टस निकाले बिक्रि बितरण हुने गरेको स्रोतको दावी रहेको छ । २०७८ भदौ २३ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here