चन्द्रपुर,२३ भदौ । टायर गाडा ,गाडी,ट्रेक्टर,साईकल र मोटर साईकल पछि अव रौतहटको वनबाट ई रिक्सामा काठ तस्करी हुने गरेको छ । प्रहरीलाई मिलाएर एक समुहले ई रिक्सामा काठ जिल्लाको दक्षिणी भेगमा लगेर बिक्रि बितरण गर्ने गरेको समाचारस्रोतले बताएको छ ।
चन्द्रनिगाहपुरबाट ई रिक्साका सालको गोलिया झ्यालको पासी हुने र तीन फिटे कडी निस्कने गोलिया ई रिक्सामा राखेर बालचनपुर र हर्साहको स मिल सम्म पु¥याउने गरेको एक स्थानीय बासिन्दाले जानकारी दिएकाछन् ।
वनका तल्लो तहका कर्मचारी र प्रहरी चौकी सन्तपुर ,डुमरियाका चौकी ईन्चार्जलाई मासिक रकम दिएर एक समुह काठ तस्करीमा सक्रिय रहेको स्थानीय बासिन्दाले बताएकाछन् ।
रातीको समयमा ई रिक्साको सिट मुनि काठ लुकाएर समिल सम्म पु¥याउनेहरुले डुमरिया प्रहरी चौकीका सईलाई मासिक तीन हजार बुझाउने गरेको समाचारस्रोतले तराई एक्सप्रेसलाई बताएको छ । पछिल्लो समय चन्द्रपुर नगरक्षेत्रमा खुलेका स मिल र हर्साह क्षेत्रमा रहेका चिरान मिलमा साना साना काठका गोलिया लगेर बिक्रि बितरण हुने गरेको भएपनि त्यस तर्फ सम्बन्धीत निकायको ध्यान जान नसकेको गुनासो बढ्दै जान थालेको छ । घा“स दाउरा लिने बहानामा जंगलबाट काठको गोलिया ल्याउने एक गिरोह चन्द्रनिगाहपुर क्षेत्रमा सक्रिय रहेको भएपनि त्यस तर्फ कसैको ध्यान जान नसकेको स्थानीयले गुनासो गरेकाछन् ।
जनताको जिउधनको सुरक्षाका लागि तैनाथ प्रहरीले अबैध कामलाई प्रेत्साहन दिएको भन्दै स्थानीयले त्यसको बिरोध गर्दे आएकाछन् ।
जिल्लाको राष्ट्रिय वनबाट पछिल्लो समय ई रिक्सा र टेम्पुमा समेत काठको गोलाईको साईज घटाएर टुना बनाएर चिरान मिल सम्म पु¥याउने धन्दा फस्टाउदै जान थालेको जानकारहरुको भनाइ रहेको छ । डिभिजन वन कार्यालय रौतहटका निमित्त प्रमुख अमरदेव यादवले आव त्यस्ता सवारी माथि निगराउनी बढाउने बताए । २०७८ भदौ २३ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here