गरुडा,२४ भदौ । नेकपा एमाले प्रदेश २ का ईन्चार्ज सत्य नारायण मण्डले माधव नेकपालका कारण कम्युष्टि आन्दोलन धरापमा परेको आरोप लगाए छन् । रौतहट जिल्लाको गरुडामा आयोजित जिल्ला स्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता मण्डलले देशलाई विकासबाट बन्चित गराउनका लागि सबै दल एक भएर एमालेलाई सरकारबाट हटाउन एक भएको बताए । नेकपा एमाले रौतहटका अध्यक्ष तुलसीराज गिरीको अध्यक्षतमा भएको कार्यक्रम बोल्दै नेकपा एमाले प्रदेश २ की अध्यक्ष ज्वाला कुमारी साहले अवको चुनावमा एमाले पहिलो पार्टी हुने हिसावले काम गर्नका लागि नेता कार्यकर्तालाई आग्रह गरिन् । नेकपा एमालेको गरुडा स्थित भवनमा भएको कार्यक्रममा जिल्लाभरीका नेकपा एमालेका सयौ नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । नेकपा एमालेका नेता मण्डलले अवको निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी हुने बताए । उनले सबै सक्ति एक ठाउमा आएपनि एमालेलाई हराउन नसक्ने बताए । नेकपा एमालेका अधिकांस जिल्ला कमिटि सदस्यहरु माधव नेपालको पार्टीमा गएको भएपनि अवका दिनमा रौतहट सहितका जिल्लामा एमालेले आफुलाई मजवुत बनाउदै लैजान कार्यकर्तालाई आग्रह गरे ।