रुपेन्द्र पटेल
चन्द्रपुर, २४ भदौ ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज आज महादेवको पूजा आराधना गरी मनाइँदैछ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । तिजको अवसरमा शिव मन्दिर लगाएत विभिन्न महादेव मन्दिरहरुमा श्रद्धालुको भिड लागेको छ । महादेव मन्दिरमा पुजापाठ गर्ने श्रद्धालुको विहानै देखि घुइँचो लागेको छ । चन्द्रनिगाहरको प्रसिद्ध शिव मन्दिरमा पूजापाठ गर्नेको संख्या विहानैदेखि देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here