चन्द्रपुर,२३ भदौ । जलवायु उत्थानशिल कार्यक्रम अन्तर्गत स्थानीय सरकारसंग समुदाय कार्यक्रममा चन्द्रपुर नगरपालिकाका तिन वटा वडामा सम्पन्न भएको छ । युरोपियन युनियन र अक्फाम इन नेपालको आर्थिक सहयोग तथा आरडिसी नेपालको समन्वयमा बुधबार चन्द्रपुर नगरपालिका वडा नं–७ का जनप्रतिनिधि र सोही वडाका सहकारी संस्था, बाल क्लव, युवा क्लव लगायत ७ वटा समूहको सहभागिता रहेको थियो । कार्यक्रममा आमा समुहको तर्फबाट बिनिता पौडेलले वडा मा रहेको आमा समुहको अधुरो भवन पूर्ण रुपमा निर्माण हुन नसकेको गुनासो गरिन् । उनी वडामा सार्वजनिक शौचालय समेत नरहेको र सो प्रति वडाअध्यक्ष कार्यालयले ध्यान दिनु जरुरी रहेको बताइन् । पौडेलले वडामा बढ्दै गएको बाल बिवाहलाई समेत रोकथाम गर्न वडा कार्यालय ध्यान आकर्षण गराइन् । उनी वडामा खुल्याम बिक्रि वितरण भईरहेको आगु पदार्थ समेत रकन आग्रह गरेकी छिन् ।
कार्यक्रममा आमा समुहको तर्फबाट उठेको प्रश्नको जवाफ दिदै वडाअध्यक्ष विष्णु उप्रेतिले वडामा रहेको आमा समुहको भवन बजेट अभावका कारण बन्न नसकेको बताएका छन् । तर, यस वर्ष आफु फेरी अधुरो भवन बनाउन प्रयास गर्ने बताए । वडामा सार्वजनिक शौचालय समेत बनाउन आफु लागी परेको वडाअध्यक्ष उप्रेतिको भनाई रहेको छ । आगु पदार्थ विक्रि वितरणमा रोक लगाउन एक्लै वडाअध्यक्षले नसक्ने तर्क गरे, वडामा भइरहेको आगु पदार्थको विक्रि वितरण रोक्न वडावासिनै एक जुट भएर लागनु पर्ने वडाअध्यक्ष उप्रेति भनाई रहेको छ ।
सोही कार्यक्रममा नागदेव कृषि सहकारी संस्थाको तर्फबाट बोल्दै गम माया थापाले भनिन्, हरेका वर्ष किसानको लागी मल र बिउ अभाव हुंदै आएको बताएकी छिन् ।
सो प्रश्नको उत्तर दिदै वडाअध्यक्ष उप्रेतिले भने, सो वडामा एउटै सहकारी संस्था भएको कारण यस्तो समस्या आएको छ । सो वडामा थप कृषि सहकारी संस्था दर्ता गराउन आग्ररेका छन् । यस्तै आर्गनीक कृषि सहकारी संस्थाबाट पूर्णदेव चौधरीले वडामा सिंचाईको समस्या र कृषि जे.टि.ए को अभाव रहेको बताए । वडाको पतर्फबाट बोल्दै, वडा अध्यक्ष उप्रेतिले भने, कृषि जे.टि.ए वडामा राख्ने कुरा अगाडी बढेको र सिंचाईको लागी पनि बोरि·को निर्माणको लागी पहल गर्न बताएका छन् ।
लगातार तिन दिन देखि चन्द्रनिगाहपुरको पशुपति गेष्ट हाउसमा चलिरहेको स्थानीय सरकारसंग समुदाय कार्यक्रममा चन्द्रपुर नगरवालिकाका तिन वटा वडामा सो कार्यक्रम समपन्न भएको छ । जलवायु उत्थानशिल कार्यक्रम अन्तर्गत स्थानीय सरकारसंग समुदाय कार्यक्रममा चन्द्रपुर नगरपालिकाको वडा नं– ७, ९, १० रहेको थियो । बुधबार कार्यक्रममा ज्योति फुयाल र गुरु बहादुर खत्रीले सहजिकरण गरेका थिए । कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नं–७ का ४० जनाको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here