चन्द्रपुर, २४ भदौ । वैदेशिक रोजगारीमा गएका धेरैले स्वदेश फर्किए पछि पशुपालन व्यवसाय गर्ने क्रम बढिरहेकोे छ । जिल्लाका अधिकांश ठाउ“मा खोलिएका पशु फार्म सञ्चालक मध्ये धेरै जसोले वैदेशिक रोजगारीबाट फर्किए विदेशको दुःख सम्झेर आफ्नै जन्म भुमिमा व्यवसाय थालेको पाईन्छ । त्यस्कै एक उदहारण पात्र हुन चन्द्रपुर नगरपालिका वडा नं. ९ सिन्दुरेघारीका ४२ बर्षिय रामकाजी गुरुङ । उनले आफनो युवा उमेर बिदेश मै बिताए । १० वर्ष सम्म वैदेशिक रोजगारीको सिलसिलामा उनि कारियामा बसे । विदेशको बसाईमा उनलाई नेपालका साथीभाई र घरकि वृद्ध आमाको यादले सताईरहयो । अन्तत् नेपाल फर्किएर अहिले उनले घरमै आमाको काखमा बसेर पशुपालन फर्म सञ्चालन गरिरहेका छन । उनले उन्नत जातका पाडा पाल्न थालेका छन । ३५ लाख लगानी गरेर गत वर्ष देखि उनले गाँई, भैसि र पाडा पालन गर्दै आएका हुन । उनको फार्ममा अहिले ३१ वटा उन्नत जातका पाडा, १५ वटा राम्रो नश्ल भएको भैसिं र ७ वटा गाई रहेका छन । पशुपालन व्यवसायबाट नै अहिले गुरुङले राम्रो आम्दानी गरिरहेका छन । पशुपालन व्यवसायबाटै गुरुङले गाउ“मै बसेर राम्रो आम्दानी गरे पछि अहिले सो गाउ“का धेरै युवाहरुले पशुपालन कर्म शुरु गरेका छन ।
बिदेशमा एक दशक बिताएका उनलाई बिदश भनेको युवा उमेरमा तातो रगत भएको बेलामा मात्रै काम लाग्ने ठाउ“ रहेछ भन्ने अनुभव रहेको छ ।
आफनी आमाको काखमा बसेर आफनो व्यवसाय गर्दा पूर्ण सन्तुष्ट रहेका गरुङ बताउ“छन । पशुपालन व्यवसायलाई बढाएर अझै ठूलो बनाउने उदेश्य रहेको उनले बताए । स्थानिय निकायबाट व्यवसायका लागि कुनै सहयोग नभएको उनको गुनासो रहेको छ । स्थानिय निकाय पहु“च हुनेका लागि मात्रै रहेछ भन्ने रामकाजीको बुझाई रहेको छ । चन्द्रपुर नगरपालिकामा पशु फार्म सुचिकृत हुनको लागि गोठामा ५ वटा भैसी या २० वटा पाडा भएको हुनुपर्दछ । तर उनको गोठमा परिमाण पुग्ने पशु संख्या भए पनि नगरपालिकाको पशु सेवा शाखाले सुचिकृत नगरेको उनको गुनासो रहेको छ ।
कृषि र पशुपालनलाई व्यवस्थित गरी पशुधनको उत्पादन बढाउने सरकारको लक्ष्य रहेको छ । सरकारले दिएको अनुदान कामका कृषकले भन्दापनि पहु“च हुने नामका किसानले मात्रै पाउने गरेको किसानहरुको गुनासो रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here