धर्मेन्द्र कुमार साह
गौर,२५ भदौ ।
राजदेवी नगरपालिका वार्ड नम्बर ४ निवासी भिखारी साह ३ दिन देखि जिल्ला प्रशासन कार्यालय गौरमा आफ्नो बुहारीको नागरिकताको प्रमाण पत्र बनाउन भौतारिरहेको छन् । तर कागजी त्रुटिकै कारण उनको नागरिकता बन्न सकिरहेको छैन । उनको बुहारी गीता कुमारीको जन्मदर्ता प्रमाण पत्रमा बुवाको नागरिकता नम्बर फरक लेखिएकोले उनको नागरिकता बन्न सकिरहेको छैन । उनको बुवा सत्यनारायण साहको नागरिकता नम्बर ३८३३ भए पनि गीताको जन्मदर्तामा भन्ने बुवाको नागरिकता नम्बर ३३÷०३४÷३५ लेखिएको छ बिक्रम संवत २०५३ चैत्र २६ गतेका दिन तत्कालिन सरमुजवा गा बि स कार्यालयबाट बनाइएका जन्मदर्तामा तत्कालिन कर्मचारीको मानविय भूलको कारण अहिले आएर नागरिकता प्रमाण पत्र बनाउन कठिन बनेको हो
उनि भिखारी साह बुधवार नागरिकता बनाउन दोस्रो दिन कार्यालय पुगे उनि संग रहेका गीताको नेपालि नागरिक रहेको प्रमाण खुल्ने कागजात सहित तोकिएको ढाचामा नागरिकता प्रमाण पत्रको लागि निवेदन दिए , तर उनले पेश गरेको कागजातमा गीताको बुवाको छाया कपि रहेको तर सक्कली नागरिकता नरहेको भन्दै सो निवेदन फिर्ता गरियो गीताको बुवा सत्य नारायणको नागरिकता भन्ने पहिलेनै हराई सकेको ले सोहि दिन सम्पुर्ण प्रक्रिया पुर्याई नागरिकताको प्रथम प्रतिलिपि निकालियो रोचक त् के छ भन्ने सोहि दिन सोहि कार्यालयबाट निकालिएको नागरिकता प्रतिलिपिमा सोहि कार्यालयको कर्मचारीको भूलको कारण उनि थप झन्झटमा परे । सत्यनारायण साहको बुवाको नाम लखन साह हुनु पर्नेमा लगन साह लेखियो । अब उनलाई वार्ड कार्यालयबाट लगन साह र लखन साह भन्ने व्यक्ति एकै हो भन्ने सिफारिश ल्याउनु पर्ने भएको छ । साथै गीताको जन्मदर्ता पनि संसोधन गराउनु पर्ने देखिएको छ । बिहिवार भिखारी साह जन्मदर्ता संसोधनको लागि बौधिमाई नगरपालिकाको सरमुजवा पुग्दा सचिवले सोमवार मात्रै केहि गर्न सक्ने जवाफ दिएको उनले सुनाए कार्यालय खुला रहेको र सचिव पनि बिदामा नरहेको अवस्थामा बिना कारण खुलाई तत्कालै गर्न सकिने कामको लागि भाका सारियो ।
माथि उल्लेखित घटना नेपालको सार्वजनिक सेवा प्रवाहमा देखिएको विकृत रुपको एउटा नमुना मात्रै हो । दैनिक कयौ यस्ता घटनाहरु नागरिकले प्रत्यक्ष सेवा लिने कार्यालयहरुमा देखिने गरिएको छ । कुनै समय कुनै कर्मचारीबाट हुन् गएको भुल वा प्राबिधिक त्रुटिका करण सेवाग्राही बर्षौ सम्म पनि भौतारी रहनु परेको हुन्छ । जन्मदर्ता बनाउने बेला देखिनै सुरु हुने यस्ता त्रुटिहरुको कारण कयौ सर्वसाधारण सारवजनिक निकायहरुमा सेवाको लागि भौतारी रहनु परेको छ । बुधवारनै मालपोत कार्यालय गौरमा पनि एक सेवाग्राही आफ्नै नाम खोज्दै भौतारिरहेको देखियो । आफ्नै नाममा परेको फरक सम्बन्धमा उनलाई सोहि दिन थाहा भयो । उनले आफ्नो नाम खुलाउन भन्ने चाहेनन । करिब ६० बर्षीय उक्त महिलाको नागरिकता र लालपुर्जामा फरक फरक नाम लेखिएकोले उनलाई समेत दुवै नाम गरेको व्यक्ति एउटै हो भन्ने ब्योहराको पत्र सम्बन्धित वार्डबाट लिनु पर्ने थियो । उनले कर्मचारीको भूलको कारण आफुलाई सास्ती भोग्नु परेको भन्दै गुनासो व्यक्त गरे । बदलिदो प्रविधिले आम सर्व साधारणको समस्या झनै बढाइदिएको छ । गौर नगरपालिकामा पंजीकरण सम्बन्धि सबै काम अनलाइन गरिन्छ । मन्त्रालयले उपलब्ध गराएको सफ्टवेयरले सिमित समय समय पछि संसोधन हुन् सक्ने बिकल्प दिएको छैन । स्थानिय गौर नगरपालिका वार्ड नम्बर ४ बस्ने ओमप्रकाश साहले आफ्नो छोराको जन्मदर्ताको लागि वार्ड कार्यालयमा निवेदन दिए । उनको निवेदन अनुसार जन्मदर्ता बनाइयो । तर छोराको नाउमा आसिक कुमार साह हुनु पर्नेमा आसिक कुमार पटेल लेखियो । अहिले उनको बिधालय भर्नामा समेत समस्या देखिएको छ । उनको जन्मदर्ता अनलाईन प्रबिधिबाट बनेको र सो प्रविधिमा संसोधन गर्ने बिकल्प नदिएको हुदा उनलाई समस्या भएको छ । यसरि सार्वजनिक सेवा प्रवाहमा देखिएका कतिपय मानवीय त्रुटिको कारण सेवाग्राहीहरुलाई बर्षौ सम्म खेप्नु परेको सास्ती रोक्न सबैलाई जिम्मेवार बन्नु पर्ने देखिन्छ । अति भिडभाड ,कमजोर प्रबिधि,सिमित कर्मचारी र अति व्यस्तताका कारण सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरुले गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न सकिरहेका छैनन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here