कटहरिया, २५ भदौं । पुर्व प्रदेशसभा सदस्य कुन्दन कुश्वाहले सरकारले किसानलाई तत्काल पेन्सनको व्यावस्था गर्नु पर्ने बताएका छन् । कुश्वाहले सरकारका कारण तराईका किसानको जीवन स्तर उकािशनुको साटो झनझन खस्कदै जान लागेको भन्दै पेन्सनको व्यावस्था गर्न माग गरेका हुन् । तराई एक्सप्रेससंग कुरा गर्दे कुश्वाहले सरकारले किसानलाई मलखाद व्यावस्था नगरेका कारण धानको उत्पादन घटदै गएको बताए । उनले किसानका माग सरकारले सम्बोधन नगरे आफुहरुले अब रौतहटबाट किसान आन्दोलन चर्काउने बताए । भारतबाट मलखाद ल्याउदा प्रहरीले बरामद गर्ने र नेपाल सरकारले सहज रुपमा मलखाद उपलब्ध नगराएका कारण रौतहटमा यसबर्ष धानको उत्पादनमा कमि आउने उनको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here