रंजन खरेल
हिमालीबास , २५ भदौं ।
हिन्दुहरुको महान पर्व तीजको अवसरमा हिमाली महिला समुह हिमालिबासद्वारा तीज विशेष नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सुस्मिता रिजाल प्रथम , विपना भुजेल द्वितीय र कोपिला मैनाली तृतीय घोषित भएका थिए भने निशा श्रेष्ठ र दीपिका पोखरेल वेस्ट डान्सर घोषित भएका थिए । प्रथम ,द्वितीय तृतीय हुने प्रतियोगीलाई क्रमश ४ हजार, ३ हजार र २ हजार नगर र प्रमाण पत्र वितरण गरिएको हिमाली महिला समुहका उषा श्रेष्ठले बताइन् ।
उक्त कार्यक्रमा प्रतियोगी र प्रतियोगी गरी २४ व्यक्ति तथा समुहको सहभागिता रहेको थियो । कार्यक्रम नेपाली महिलामा प्रचलित संस्कृति संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमका विशेष सहयोगी एवं प्रमुख अतिथि अजय तिमल्सिनाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here