हेटौंडा, २५ भदौं । हेटौंडाबाट ६ जना जुवाडे पक्राउ परेका छन् । दशैं तिहार आउनुभन्दा अघि नै तीज पर्वको अवसरमा भन्दै जुवा खेलिरेहको समयमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–१५ मा दिपक श्रेष्ठको घरमा जुवा खेलिरहेको समयमा प्रहरीले नगद एक लाख ३२ हजार ३९० रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको घरमा पैसाको हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले कौडा १५ वटा र तास ६ बुकसहित पक्राउ गरी थप अनुसन्धान भईरहेको जनाएको छ । पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालिका–६ का २१ वर्षीय डेनी भट्ट, हेटौंडा उपमहानगरपालिका–१६ का ६० वर्षीय ईवनाथ दंगाल, हेटौंडा-१५ का ३५ वर्षीय आलोक स्याङ्तान, ६७ वर्षीय रामशरण थापा, मनहरी गाउँपालिका-६ का ४४ वर्षीय वासु उप्रेती र भरतपुर महानगरपालिका-१० का ३८ वर्षीय चुडामणि सेढाई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here