वीरगन्ज ,२६ भदौ । नेपाल प्रहरीको प्रहरी नायब निरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा भएका शोभमविक्रम राणा रवाना पत्र बुझेर एकाएक रोकिएका छन् । प्रहरी निरीक्षक राणालाई प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले रवाना पत्र दिएर विदाई गरेपनि प्रहरी प्रधान कार्यालयको ठाडो निर्देशनमा उनी जिल्ला मै रोकिएका हुन ।
बढुवा भएर पदस्थापन भएको करिब एक महिना बितिसक्दा पनि क्राइम ब्रान्च प्रमुखको जिम्मेवारी सम्हालेका राणा पछिल्लो समय पर्साबाट रवाना हुन आलटाल गर्दै आएका थिए । गत साउन १४ गते बसेको गृहसचिवस्तरीय बैठकले ९८ जनालाई प्रहरी नायब निरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा गरेर नियुक्त गरेको थियो । सोहीअनुसार प्रहरी नायव निरीक्षक (सई)बाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएका राणाको सप्तरीको इलाका प्रहरी कार्यालय भेडियामा पदस्थापन भएको छ ।
उनी पर्साका प्रहरी प्रमुख बेलबहादुर पाण्डेको विश्वासपात्र भएकै कारण पर्सा जिल्ला छोडेर जान मानेका थिएनन् । प्रहरी स्रोतका अनुसार प्रहरी निरीक्षक राणाले प्रहरी प्रधान कार्यालयको निर्देशनमा दसैँसम्म पर्सामै बस्ने योजना बनाएका छन ।

रवाना लिएर किन रोकिए प्रहरी निरीक्षक राणा ?

नेपाल प्रहरीको प्रहरी नायब निरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा भएका शोभमविक्रम राणा एक महिना सम्म रवाना नभएको समाचार सार्वजनिक भएपछी पर्सा प्रहरीले उनलाई गत शुक्रबार रवाना दिएर विदाई ग¥यो । पर्साका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले नै एक समान्य कार्यक्रम गर्दै पदस्थापन भएको स्थानमा जाने गरी रवाना पत्र दिदै बिदाइ गरेका हुन ।
तर,प्रहरी निरीक्षक राणालाई पर्सा नछाड्ने र पर्सा मै राख्न प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पाण्डेलाई फोन गरेर निर्देशन दिए । स्रोतका अनुसार जवाफमा प्रहरी उपरीक्षक पाण्डेले क्राइम ब्रान्चको प्रमुखमा अरुलाई राखिएको बताए ।
स्रोत भन्छ,‘तर प्रहरी महानिरीक्षक थापाले राणालाई क्राइम ब्रान्चमा नभएपनि जिल्लाका अन्य ठाँउमा राख्न निर्देशन नै दिईएका छन ।
माथिल्लो निकायको आदेश अनुसार नै राणाले रवाना पत्र बुझेपनि पर्सा मै रहने गरी काज सरुवा मिलाउन थालिएको स्रोतको दावि छ । प्रहरी स्रोतका अनुसार रवाना भएको पत्र बुझेर हाल उनी केहि दिनका लागी विदा बसेका छन । प्रहरी निरीक्षक राणाको पर्सामा आएको करिब नौ महिना भइसकेको छ ।

क्राइममा बस्न प्रहरी जवानहरुको होडबाजी

प्रहरी नायब निरीक्षक बाट प्रहरी निरीक्षकमा बढुवा भएका राणालाई क्राइम ब्रान्चबाट हटाइएपछी उनी निकट प्रहरी जवान पनि क्राइम ब्रान्चबाट बाािहरिएका छन । प्रहरी निरिक्षक राणा बाहिरिएपछि इनर्वा प्रहरी चौकी सम्हालेका प्रहरी नायब निरीक्षक बिनोद सिंह ठकुरीलाई दिईएको छ ।
प्रहरी नायब निरीक्षक ठकुरी पनि पर्सा प्रहरी प्रमुख पाण्डे निकट विश्वासका पात्र हुन । ठकुरीको सुर्खेतमा दरबन्दी भएपनि प्रहरी उपरिक्षक पाण्डेले नै काज सरुवा गरेर पर्सामा बोलाएर महत्वपुर्ण जिम्मेवारी दिएको स्रोतले जनाएको छ । ठकुरी पर्सामा आएको करिब दुई महिना भईसकेको छ ।
प्रहरी स्रोतका अनुसार क्राईम बान्च्रका ६ जना प्रहरी जवान र हवल्दार मध्ये दुईजना छाडेर ४ जनालाई निकालिएको छ । प्रहरी जवान लालबाबु साह र फिरोज मन्सुर यथावत रहेका छन । दुवै प्रहरी जवान विगत लामो समयदेखि उक्त ब्रान्चमा बस्दै आएका छन । उनीहरुको पर्सामा काज सरुवामा कार्यरत रहेका छन । क्राईम बान्च्रमा खाली भएको ४ जना प्रहरी जवानको ठाँउमा २० जनाले प्रहरी उपरिक्षक अगाडी लविङ सुरु गरेका छन ।
पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रहलाल कार्कीले क्राईम बान्च्रबाट प्रहरी निरिक्षक राणालाई हटाएर अरुलाई जिम्मेवारी दिईएको पुष्टि गरे । उनले प्रहरी निरिक्षक राणा हाल विदामा गएको र उनलाई सादा पोशाकमा खटाउने गरी जिम्मा दिएको बताए ।
यता सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमलाले इलाका प्रहरी कार्यालय भेडियामा प्रहरी निरिक्षकमा पदस्थापन भएको प्रहरी निरिक्षक राणा हालसम्म नपुगेको बताए । भेडियामा सरुवा भएको लामो समय भएपनि प्रहरी निरिक्षक राणा कहिले आउने वा नआउने बिषयमा अधिकारीक जानकारी नभएको प्रहरी उपरिक्षक धमलाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here