काठमाण्डौं, २७ भदौं । संखुवासभा मादी नगरपालिका —१ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका एकजनालाई प्रहरीले १ सार्वजनिक गरेको छ ।
चैनपुर इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी २६ वर्षीय लोकबहादुर कार्कीलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनी मृतकमध्ये तेजबहादुरको भतिजा रहेको प्रहरीले बताएको छ । चिर्पटले हानेर सबैको हत्या गरेको लोकबहादुरले स्वीकार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
९० वर्षीय बौद्धमान कार्कीको परिवारका उनीबाहेक ६ सदस्यको हत्या भएको थियो ।
उनका ५२ वर्षीया छोरा तेजवहादुर कार्की, वुहारी कमला कार्की, रन्जना कार्की, पत्नी पार्वती कार्की, नाति विपिन कार्की र नातिनी गोमा कार्कीको हत्या भएको थियो । विपिन ८ वर्ष र गोमा ५ वर्षका नाबालक थिए । उनीहरुको शव घर नजिकै फेला परेको थियो भने पार्वती कार्कीको शव घरको ओछयानमा फेला परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here