गौर,२८ भदौ । किसानहरुको समस्या समाधान गर्न किसान मोर्चाले आइतबार जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएको छ । किसानहरुले राखेका बु“दागत माँगहरु पुरा गर्न जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालय र कृषि तथा पशुपंक्षी कार्यालय सिंहदरवारमा सो ज्ञापन पत्र बुझाइएको हो ।
किसानहरुका तर्फबाट प्रदेश २ का निवर्तमान सांसद कुन्दन कुशवाहाले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख अधिकारी बसन्त भट्राई लाई सो पत्र बुझाएका हुन । किसानहरुको समस्याका बारेमा सरकारले कुनै चासो नदिएको भन्दै बुधबार किसानहरुले रौतहटको गौरमा प्रदर्शन गरेका थिए । नेपाल कृषि प्रधान देश रहेको र ७० प्रतिशत जनसंख्या कृषिमा आधारित रहे पनि सरकारको कुनियतको कारण कृषि पेशा तथा कृषकहरु मर्कामा परेको तथा अहिलेको आधुनिक युगमा विश्व बजारको तुलना गर्न सरकारले मलखाद दिन नसकेको किसानहरुको आरोप छ ।
सरकारले किसानको समस्याको कुनै वास्ता नगरेको भन्दै रौतहटमा बुधबार सयौं ट्याक्टरसहित किसानहरु सडकमा उत्रिएका थिए ।
धानबालिको बेला बजारमा मलको चरम अभाव खेपिरहेका किसानहरुले कृषि सामग्रीको अभावमा उत्पादन घटेको भन्दै आन्दोलन गरेका थिए । रौतहटका बजारहरुमा यूरिया मलको अभाव भए पछि भारतीय बजारहरुबाट खेतिका लागी मलखाद ल्याउदा सिमानामा सुरक्षाकर्मीले खोसे पछि खेती गर्न समस्या भएको किसानको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here