काठमाण्डौं, २८ भदौं । आफ्नै पूर्वप्रेमिकासँगको अश्लिल फोटो, भिडिओ सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्ति पक्राउ परेका छन् ।
पहिले प्रेमिकासँग सम्बन्धमा हुँदा खिचेका फोटो, भिडिओ सम्बन्ध बिग्रिएपछि फेसबुक र इन्स्टाग्राममा पोष्ट गर्ने दोलखाको बैतेश्वर गाउँपालिका ८ का सुजन जिरेल पक्राउ परेका हुन्।
२३ वर्षीय जिरेल हाल काठमाडौंको टोखामा बस्दै आएका थिए। महानगरीय अपराध महाशाखाले उनलाई काभ्रेको पाँचखालबाट पक्राउ गरेको हो।
उ​नीविरुद्ध विद्युतीय कारोबार ऐन कसूरमा आवश्यक कारबाहीको लागि सोमबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here