जनकपुर,२८ भदौ । प्रदेश–२ सरकारले मास्कको प्रयोग नगर्ने सेवाग्राहीलाई सेवा प्रवाह नगर्ने भएको छ । प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले मास्कको प्रयोग नगर्नेलाई सेवा नदिने निर्णय गरेको हो । बैठकले अभियान चलाउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएकोछ । कोरोना संक्रमितहरुको संख्यामा कमी आएको बैठकले ठहर गरेको छ । संक्रमितको संख्यामा कमी आएपनि सर्वसाधारणले मास्कको प्रयोग गर्न नमानिरहेकाले यो अभियान चलाउने निर्णय भएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । सरकारले सर्वसाधारणलाई मास्क प्रयोग गर्ने सम्बन्धमा सञ्चारमाध्यममा जनचेतनामूलक विज्ञापन प्रकाशन÷प्रसारण गराउने निर्णय पनि गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको बैठकमा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here