चन्द्रपुर,३० भदौ । तराई मेधसमा अतिनै पछाडी रहेको डोम समुदायका बालबालिकाको शिक्षमा सक्रिय रहंदै आफ्नो समुदायको उत्थानमा सक्रिय रहेकाछन्,बिजय मल्ली डोम । सो समुदायको प्रतिनिधित्व गर्दै सरकारी सेवामा कार्यरत रौतहटका एक मात्र युवा बिजय मल्ली यतीबेला आफ्नो समुदायको उत्थानमा सक्रिय भएर लागेकाछन् ।
जिल्लाको माधव नारायण नगरपालिका ५ का स्थायी बासिन्दा बिजय मौलापुर नगरपालिकाको सोनरनिया स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत रहेकाछन् । उनको पहलमा रौतहट जिल्लाबाट एसइइ पास गरेका ४ जना युवाहरु यतीबेला उच्च शिक्षा पठ्न पाठनमा सक्रिय रहेका छन् । २०६९ सालमा जिल्लाको राधाकृण माबिबाट एसएलसी उत्रिण गरेका मल्ली अहिले आफ्नो समुदायमा शिक्षाको ज्योती फैल्याउने अभियानमा रहेकाछन् ।
एसएलसी पास गरेर गौरमा पढन् बस्ने बेलामा उनलाई डोम भनेर घर भाडमा नदिएको सम्झदै मल्ली भन्छन् डोम समुदायका बालबालिकालाई शिक्षाको उज्यालोबाट बन्चित रहेका कारण उनीहरुको शिक्षामा जोड दिदै आएको बताउछन् ।
डोम जाति नेपालमा तराई क्षेत्रको मूलवासी हुन् । अहिले यो समुदायका बालबालिका विद्यालय जानबाट बन्चित रहेकाछन् । उनीहरुको शिक्षा र स्वास्थ्यका बिषयमा रौतहटका स्थानीय तहले खासै साहयोग नगरेको भन्दै बिजय मल्लीले डोम समुदाय विकास केन्द्र नेपाल नामक संस्था खोलेर आफ्नो समुदायको जिवन स्तर उकास्न लागि परेकाछन् ।
रौतहटका अनमोल झा ,सुरेन्द्र ठाकुर ,सन्तलाल राम ,धर्मैन्द्र पासवान,पारस हुसेन लगाएतको सहयोगमा बिजयले उच्च शिक्षा हा“सिल गर्न सफल भएका हुन् ।
२०५४ जेठ १२ गते जन्मेका मल्लीको पहलमा अहिले रौतहट जिल्लामा एक सय हाराहारीमा डोम समुदायका बालबालिका विद्यालय जान थालेका छन् ।
उनको अभियानमा बिभिन्न समाजिक संघसंस्थाले समेत सहयोग गर्दै आएकाछन् । बिजय आफुजस्तै आफ्नो समुदायका बालबालिकाले पनि उच्च शिक्षा हांसिल गरेर सरकारी नोकरी लगाउने अभियान रहेकाछन् । २०७८ भदौ ३० गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।