चन्द्रपुर, ३० भदौ । डिभिजन बन कार्यालय रौतहटले ठुलो परिमाणमा चिरानको काठ बरामद गरेको छ । चन्द्रपुर नगरपालिका वडा नं—३ गैडाटार सब–डिभिजन बन कार्यालय अन्तर्गत रहेको हिलेखोला जंगलबाट डिभिजन बन कार्यालय रौतहटबाट खटिगएका वन गस्ती टोलिले साल जातको चिरानको ५१ थान कडी बरामद गरेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएका छन् । बुधबार विहान वन कर्मचारी रनजित राय यादब र जमदार जयलाल पटेलको नेतृवमा गएको गस्ती टोलिले चिरान ४६.०४ क्युफिट काठ बरामद गरेको बताएका छन् । वन गस्ती टोलिले सोही स्थानबाट ११ थान साईकल र एक जना मानिसलाई समेत पक्राउ गरेको बताए । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नं— ३ सुत्नेखोला बस्ने ४३ वर्षिय लाल बहादुर बम्जन रहेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here