अशोक पहाडी,चन्द्रपुर,३० भदौ ।
मलखाद्य अभावमा यस बर्ष रौतहटमा धान उत्पादनमा कमी आउने किसानहरुले बताएकाछन् । गत बर्षको भन्दा यस बर्ष मलखाद्य अभावले धानको उत्पादनमा कमी आउने किसानहरुको भनाइ रहेको छ ।
नेपाल सरकारले कृषि सामाग्री कम्पनी मार्फत दिएको मल प्रयाप्त नभएको र छिमेकी मुलुकबाट समेत नेपाल प्रहरीले मलखाद्य ल्याउन नदिएका कारण यस बर्ष आफ्नो खेतमा गत बर्षको भन्दा कम धान फल्ने कटहरिया ५ का किसान जितेन्द्र यादवले गुनासो गरे ।
सिमावर्ती क्षेत्रका किसानले गएका बर्षहरुमा भारतीय बजारबाट मलखाद्य ल्याउने गरेकोमा यस बर्ष सिमाबाट नेपाल प्रहरीलेनै मलखाद्य रोकेपछि धेरै किसानले महंगोमा मलखाद्य किनेर खेतमा हालेका छन् । ४० रुपैया किलो मलखाद्य खेतमा हालेर उत्पादन गरेको धान २० रुपैया किलो बेच्नुपर्ने अवस्था आउदा समेत सरकारले किसानको समस्या नसुनेको मौलापुरका किसान राम बहादुर यादवले गुनासो गरे ।
कृषि सामग्री कम्पनी चन्द्रनिगाहपुरले रौतहट जिल्लाका १८ वटा स्थानीय तहमा रहेका कृषि सहकारी मार्फत किसानका लागि दिएको मलखाद्य प्रयाप्त नभएपछि जिल्लाका अधिकांस किसानले आफ्नो धानबालीमा मलखाद्य हाल्न नपाएको पुर्व प्रदेशसभा सदस्य कुन्दन कुस्वाहले बताए ।
कुस्वाहको नेतृत्वमा गएको किसानहरुको एक टोलीले रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवलाई ज्ञापनपत्र बुझाउदै भारतबाट किसानले साईकलमा ल्याउने मलखाद्य नरोक्न आग्रह गरेको थियो ।
मलखाद्य अभावमा आफ्नो ३ बिगाह खेतमा लगाएको धानबाली गत बर्षको आधा कम उत्पादन हुने गुजराका बिसान समि अख्तरले गुनासो गरे ।
उनले भने नेपाल सरकारले सहकारी मार्फत दिने भनेको मलपनि छैन,प्रहरीले भारतबाट पनि मल ल्याउन दिदैन् हाम्रो त बिजोकनै हुने भयो । भारतको बिहारसंग सिमा जोडिएको रौतहट जिल्लाका किसान आफैले साईकलमा मलखाद्य ल्याउदा नेपाल प्रहरीले समातेर जफत गर्ने गरेको जंगलसहियाका किसान भरदुल राय यादवले गुनासो गरे ।
युरिया, डिएपी र पोटासजस्ता रासायनिक मल तथा किटनासक औषधीको अभावमा रौतहटका किसान रहेको भएपनि सरकारले ती बिषयमा चासो नदिएको पुर्व प्रदेशसभा सदस्य कुस्वाहको भनाइ रहेको छ ।
तीनै तहका सरकारले किसानको बिषयमा चासो नदिएको किसानहरुको गुनासो रहेको छ । सरकारी तहबाट किसानले पाउने कुनैपनि सेवा सुबिधा उनीहरुले पाउन नसकेका कारण समेत जिल्लाका धानको उत्पादन गत बर्षको भन्दा आधा कम हुने सन्तपुरका किसान राजन तिमलसिनाको भनाइ रहेको छ । २०७८ भदौ ३० गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here