गौर,१ असोज । रौतहटमा चोरीको मोटरसाईकल सहित एक जना पक्राउ परेको छ । जिल्लाको सदरमुकाम गौरबाट चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएका छन् ।
गौर नगरपालिकाको वडा नम्बर ३ विपि चौकबाट ना ५२ प १५९८ नम्बर पल्सर मोटरसाइकल टिकुलिया पेट्रोल पम्प नजिकबाट चोरी गरि जा“दै गर्दा प्रहरीले बाटोमा नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मोटरसाइकल चोरी गरेर भागी रहेको अवस्थामा यमुनामाइ गाउ“पालिकाका वडा नं– ५ का १९ बर्षिय रुपक झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।