गरुडा, १ असोज । रौतहटमा पोखरीमा डुबेर रौतहटका दुई बालिकाको मृत्यु भएको छ । पोखरीमा डुबेर रौतहटको देवाही गोनाही नगरपालिकामा दुई बालिकाको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब १ बजेतिर पोखरीमा घोंघी टिप्ने क्रममा डुबेर कटहरिया नगरपालिका वडा नम्बर ६ बस्ने १० वर्षीया निशु कुश्वाहा र वृन्दाबन नगरपालिका वडा नम्बर २ बस्ने १४ वर्षीया मुस्कान कुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
देवाही गोनाही नगरपालिका ७ स्थित जगरनाथ राय यादवको निर्माणधिन पोखरीमा घोंघी टिप्ने क्रममा डुबेर दुवै बालिकाको मृत्यु भएको खबर प्राप्त हुनसाथै जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली र स्थानीयको सहयोगले पोखरीबाट मृतकको शव निकालेको थियो । मृतक शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको छ । यस घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।