एजेन्सी
बिहार, १ असोज / बिहारको कटिहार गाउँका दुई अभिभावक आफ्ना सन्तान बोकेर एकाबिहानै आफ्नो खाता जाँच गर्न एटीएम र बैंकमा पुग्छन् । बच्चाले आफ्नो खातामा बैंकबाट ‘धेरै रकम’ जम्मा भएको बताएपछि अभिभावकले उनीहरूलाई लिएर बैंक पुग्छन्, तर केही समयपछि निराश भएर फर्किन्छन् ।सार्वजनिक इन्टरनेट केन्द्रमा पुगेर स्टेटमेन्ट जाँच गर्दा उनीहरूको खातामा करोडौं भारु जम्मा भएको देखिएको थियो । कक्षा ६ मा अध्ययनरत आशीषको खातामा ६ करोड दुई लाख जम्मा भएको रहेछ । अर्का विद्यार्थी गुरुचरण विश्वासको खातामा नौ सय करोड जम्मा भएको थियो । गाउँका प्रमुखले त्यसको पुष्टि गरे । तर, उनीहरूको खातामा देखाएको पैसा वास्तवमा जम्मा भएको थिएन । बैंकको प्राविधिक समस्याले त्यस्तो देखाएको थियो । यो सुन्दा दुवै बलक र उनीहरूका अभिभावक निराश बने ।भारत सरकारको योजनाअन्तर्गत विद्यालय पोसाक र कापीकिताब किन्न बैंक खातामा केही रकम डिपोजिट भएको हुन सक्ने अभिभावकले अनुमान गरेका थिए ।
उत्तर विहारको ग्रामीण बैंकमा दुवै बच्चाको अकाउन्ट खोलिएको थियो । दुईजना स्कुले विद्यार्थीको खातामा ठूलो परिमाणमा रकम जम्मा भएको खबर थाहा पाएपछि हामीले यसबारेमा अनुसन्धान गरिरहेका छौं,’ कटिहर जिल्लाका म्याजिस्ट्रेट उदय मिश्रले भने । कम्प्युटरमा देखिएको प्राविधिक समस्याले उनीहरूको खातामा पैसा देखाए पनि सो रकम डिपोजिट नभएको सो बैंकका प्रबन्धकले बताएका छन् । यसबारेमा बैंकले थप अनुसन्धान गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here