रुपेन्द्र पटेल
गरुडा,३ असोज ।
पछिल्लो समय रौतहटको स्थानिय तहहरुले बालपोषण भत्ता बाँडन आनाकानि गर्न थालेको छ । जिल्लाको धेरै स्थानिय तहहरुले १ बर्ष सम्मदेखि बालपोषण भत्ता वितरण गर्न सकेको छैन । जिल्लाको बृन्दावन, गरुडा, फतुवा बिजयपुर नगरपालिकाले १ बर्ष सम्म पनि बाडेन बालपोषण भत्ता बाडन सकेको छैन् ।
स्थानीय तहमार्फत सरकारले बालबालिकालाई हुर्काउन सहज होस भन्ने उद्देश्यले पाच वर्ष सम्मका बालबालिकालाई बालपोषण भत्ता दिने गरेको छ । वर्षमा तिन किस्तामा गरी बालपोषण भत्ता वितरण गर्ने गर्नुपर्ने नियम रहेपनि बृन्दावन, गरुडा र फतुवा बिजयपुर नगरपालिकाले वर्षमा एक पटक पनि बालपोषण भत्ता नबाडेको स्थानियले बताएका छन् । रौतहट जिल्लाको बृन्दावन, फतुवा विजयपुर र गरुडा नगरपालिकाले राज्यले उपलब्ध गराउने बाल पोषण भत्ता नदिएको गुनासो बढदै जान थालेको छ । बिगत एक वर्ष देखी बृन्दावन, गरुडा र फतुवा विजयपुर नगरपालिकाबाट बालबालिकाहरुले पाउनु पर्ने बाल पोषण भत्ता नपाएका हुन ।
विभिन्न कारण देखाउदै नगरपालिकाले बालपोषण भत्ता वितरणमा ढिलाई गर्दा नगरका हजारौ बालबालिका बालपोषण भत्ताबाट बञ्चित भएका छन । कोरोना संक्रमणको कारण स्थानिय जनप्रतिनिधिले बजेट व्यवश्थापन गर्न जसक्दा भत्ता वितरणमा ढिलो भएको फतुवा बिजयपुर नगरपालिकाका कार्यलय प्रमुख प्रमोद कुमार गुप्ताले बताए । गरुडा नगरपालिकाले अब चाडै बालपोषण भत्ता वितरण हुने बताएका छन् । अति विपन्न लोपोन्मुख र नेपाल सरकारले तोकेका पाँच वर्ष उमेर पूरा नगरेका बालबालिकाले सामाजिक सुरक्षा भत्ता स्वरूप पाउने भत्तामा जनप्रतिनिधी र नगरपालिकाका कर्मचारीको वेवास्ताका कारण बालबालिकाहरु बाल पोषण भता पाउनबाट बन्चित भएका हुन । बृनदावन नगरपालिकाले बालपोषण भत्ता वितरण नर्ग नगरभरीका बालबालिकाको बैंकमा खाता खुल्ने काम भइरहेको र अब चाडै बालपोषण भत्ता सबै खातामा जाने बृन्दानदा नगरपालिकाका निमित्त प्रसाशकीय अधिकृत नागेन्द्र राय यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here