गौर,४ असोज । रौतहटका ५ जना कैदीलाई कैद मुक्त गरिएको छ । संविधान दिवसको अवसरमा जिल्ला कारागार रौतहटमा विभिन्न घटनाको मुद्धामा दोषी ठहर भइ जेल कैद भुक्तान गरिरहेका रौतहटका ५ कैदीलाई आईतबार कैद मुक्त गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्लाको माधवनारायण नगरपालिकाको वडा नम्बर २ लौकाहाका २४ बर्षिय समसुदिन साइ सवारी ज्यान मुद्धा, सर्लाहीको बरहथवा नगरपालिकाको वडा नम्बर – ३ बर्ष ४८ का राम दास कर्तब्य ज्यान मुद्धा, रौतहटको कटहरिया नगरपालिकाको वडा नं –१ बर्ष ३२ का रामनारायण दास तत्मा कर्तब्य ज्यान मुद्धा, सिन्धुली क्यानेश्वर –६ वतन भई हाल जिल्ला चन्द्रपुर नगरपालिकाको वडा नं –८ बस्ने बर्ष ४९ को शेरप लो कर्तब्य ज्यान मुद्धा र रौतहट यमुनामाई गाउ“पालिकाको वडा नम्बर.–४ का बर्ष २६ को दिलिप कुमार साह हातहतियार तथा खरखजना मुद्धाका कैदीहरु मुक्त गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि विनोद घिमिरेले जानकारी दिए ।
यसैबीच संविधान दिवसको अवसर पारेर वीरगञ्ज कारागारभित्र रहेका कैदीहरूमध्ये २४ जनालाई आममाफी दिइएको छ । संविधान दिवसका अवसरमा देशभरका ५३१ कैदीलाई माफी गरेको छ । जसमध्ये वीरगञ्ज कारागारबाट २३ जना पुरुषसहित १ महिला कैदीलाई माफी गरी रिहा गरेको हो । विभिन्न मुद्दामा सजाय काटिरहेको कैदीहरूमध्ये दिवसको अवसरमा वीरगञ्ज कारागारबाट कैद मिनाहाका लागी सिफारिस गरिएका ३० जना कैदीहरूमध्ये २४ जना कैदीको बाकी कैद मिनाहा भएको छ । कैद मिनाहा भएका कैदी र निजहरूका आफन्तजनहरूले कारगार पुगेर फुलमालासहित टिका लगाई खुसीयाली मनाएको छन् । कैद मिनाहा भएका कैदीहरूले अबको बाकी जीवन सुखद बिताउने र सरकारलाई धन्यवाद व्यक्त गदै कारागारबाट घर फकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here