गरुडा, ५ भदौ । नेपाल विश्वकर्मा लोहार संघ रौतहट द्वारा आयोजित असोज १ गतेको विश्वकर्मा पुजाको आय व्यय सार्वजिनक गरेको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि लोहार जातिहरुको कुल देवता बाबा विश्वकर्मा जीको पुजन भव्यताका साथ सम्पन्न भएको छ । उत्त पुजा रौतहटको गरुडा नगरपालिकाको वार्ड न ५ शिवनगरमा रहेको बाबा विश्वकर्मा जीको मन्दिरमा सम्पन्न भएको छ ।
पुजा गर्नको लागि लोहार जातीहरुद्वारा चन्दा सकलन गरेका थिए । पुजा सकिए लगतै पुजामा सकलन भएको चन्दा तथा उत्त पुजा गर्न भएको खर्चको विवरण सार्वजनिक गरेका छन । आय व्यय विवरण पारदर्शी भएमा कुनै पनि सस्थाको प्रगति गर्न सजिलो हुन्छ भन्ने उत्त सस्थाको सचिव विवेक शर्माको भनाइ रहेको छ । लोहार समाज द्वारा कुल चन्दा रु १३२०००।– अक्षरेपी रु एक लाख बतिस हजार कुल आम्दानी भएको छ भने पुजा सम्पन्न गर्न रु ११४०००।– अक्षरेपी रु एक लाख चौध हजार मात्र खर्च भएको व्यहोरा सार्वजनिक गरेका छन र बाकी १८०००।– अक्षरेपी रु अठार हजार खर्च गरी जम्मा भएको संस्थाको सचिव विवेक शर्माले जानकारी दिनुभएको छ ।
विवेक शर्माको पहलमा विश्वकर्मा पुजाको दिन सार्वजनिक विदा दिन गृह मन्त्रि तथा प्रदेश न २ को मुख्य मन्त्रीलाइ समेत ज्ञापन पत्र बुझाए थिए । यस समितिले हरेक वर्ष मन्दिर विकासको साथै जातिय विकास गर्नको लागि तयार रहेको छ समितिहरुको दावी छ । यस वर्ष देश व्यापीरुपमा प्रदेश भरीमा विदा नभए पनि रौतहट जिल्लाका अधिकांश नगरपालिकाहरुले विश्वकर्मा पुजाको दिन सार्वजनिक विदा कायम गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here