चन्द्रपुर,५ असोज । जलवायु उत्थानशिल कार्यक्रम अन्तर्गत स्थानीय सरकारसंग समुदाय कार्यक्रम सोमबार सम्पन्न भएको छ । युरोपियन युनियन र अक्फाम इन नेपालको आर्थिक सहयोग तथा आरडिसी नेपालको समन्वयमा बृन्दावन नगरपालिका वडा नं–८ का जनप्रतिनिधि र सोही वडाका सहकारी संस्था, युवा क्लव लगायत ४ वटा समूहको सहभागिता रहेको थियो । कार्यक्रममा जन कल्यान कृषि सहकारी संस्थाका सचिव बउहरिका सचिव सुनिता यादवले किसानको लागी स्थानिय सरकार नै नरहेको तर्क गरिन् ।

उनले भनिन् ९ सयमा पाउने युरिया मल यतिबेला रौतहटको बजारमा १८ सयमा पाई रहेको छ, यो समयमा स्थानिय सरकार काहा छ ? वडामा किसानका लागी उन्नत जातको बीउ वितरण कहिले गर्ने त सरकार ? सोही कार्यक्रममा बोल्दै सलाहुदिनले भने, जनता अवास कार्यक्रम अन्र्तगत बनाएका गरिब बिपन्नको घर निर्माण कार्य कहिले पुरा हुन्छ ? यस्तै उनले किसानको लागी सो वडामा कृषि सडक निर्माण समेत नभएको गुनासो गरे । कार्यक्रममा उठेको प्रश्नको जवाफ दिदै वडाअध्यक्ष दिना नाथ महतोले दलित परिवारको लागी निर्माण भएको घरमा छाना हाल्न मात्र बाकी रहेको बताए । उनले भने, ठेक्केदाको लापरवाहीका कारण सो घरहरुमा छाना हाल्न नभ्याको हो । तर, ठेक्केदालाई पहल गरिरहेको बताएका छन् । वडाभित्र कृषि सडक समेत निर्माण गरेको वडाअध्यक्ष महतोले दावी गरे । अन्य प्रश्नको जवाफ दिन वडाअध्यक्ष महतो पंछिएका थिए । सोमबार पशुपती गेष्ट हाउसमा सम्पन्न सो कार्यक्रमका सहजकर्ता कैलाश खत्री र ज्योति फुयाल रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here