काठमाण्डौं,५ असोज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि मात्रै मन्त्रिपरिषद्को विस्तार हुने बताएका छन् । दल विभाजनसम्बन्धी अध्यादेशले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने भन्दै यसको खारेजी गर्नुपर्ने उनले बताए । सोमबार संघीय संसद भवन नया वानेश्वरमा पत्रकारको प्रश्नको जवाफ दिदै उनले भने, यो दलसम्बन्धी ल्याएको अध्यादेश यो खारेज हुन्छ । र त्यो खारेज हुनेबित्तिकै मन्त्रिपरिषद्को विस्तार हुन्छ । सरकारले पूर्णता पाउँछ । र अब हामी यसलाई चाडै गर्छौं । सरकार विस्तारका लागि मन्त्रालय बा“डफा“टको काम पनि बाकी रहेको अध्यक्ष यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here