गरुडा,६ असोज । रौतहटको मालपोत कार्यालय गरुडा र मौलापुरमा सेवाग्राहीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । गरुडा र मौलापुर मालपोत कार्यालयमा प्रत्येक दिन सेवाग्राहीको भिडभाड बढद्ै गएको देखिएको छ । सेवाग्राहीको संख्या बढेसँगै मालपोत कार्यालय मौलापुरमा राजश्व संकलनमा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७७÷०८७ मा ६ करोड भन्दा बढी राजश्व संकलन भएको मालपोत कार्यालय मौलापुरले जनाएको छ । अघिलो आर्थिक वर्ष २०७६÷०७७ मा कुल ४ करोड ७६ लाख ९३ हजार ५३७ रुपैया राजश्व संकलन भएकोमा गत आर्थिक वर्ष २०७७÷०८७ मा ६ करोड २१ लाख १६ हजार ४२६ रुपैया राजश्व संकलन भएको मालपोत कार्यालय मौलापुरका कार्यालय प्रमुख बबुनन्दन साहले जानकारी दिए । अघिलो आर्थिक वर्षको तुल्नामा गत आर्थिक वर्ष १ करोड ४४ लाख २२ हजार ८८९ रुपैया राजश्व वृद्धि भएको कार्यालय प्रमुख साहले बताए । कार्यालयले जग्गाको रजिष्टूेशन दस्तुर, नामसारी, रोक्का, लिखत पास लगाएत विभिन्न सेवा शुल्क मार्फत उक्त राजश्व संकलन गरेको उनले बताए । मालपोत कार्यालयले यस वर्ष ग्रामीण र शहरी क्षेत्रको गरी ६ हजार ६ सय ४२ लिखत पास गरेको छ । मालपोत कार्यालय मौलापुरले मौलापुर, देवाही गोनाही, बौधीमाई र परोहा नगरपालिकाको सम्पुर्ण वडा तथा फतुवा विजयपुर एवं कटहरिया नगरपालिकाको केही भागका सेवाग्राहीलाई सेवा प्रदान गर्दैआएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here