गौर,७ असोज । कटुवा पेस्तोल र २ थान गोलीसहित एक जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । हतियारसहित पक्राउ पर्नेमा जिल्लाको दुर्गाभगवती गाउपालिका वडा नम्बर २ भलोहिया निवासी २४ वर्षीय संजय साह (सोनार) रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले साहको बुधबार दिउसो नै हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
निजको घर तलासी गर्दा उनको साथबाट १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ थान गोली बरामद भएको थियो ।
उक्त हतियारसहित पक्राउ परेका साहमाथि यसबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here