चन्द्रपुर, ७ असोज । जलवायु उत्थानशिल कार्यक्रम अन्तर्गत स्थानीय सरकारसंग समुदाय कार्यक्रम बुधबार सम्पन्न भएको छ । युरोपियन युनियन र अक्फाम इन नेपालको आर्थिक सहयोग तथा आरडिसी नेपालको समन्वयमा बृन्दावन नगरपालिका वडा नं–१ का जनप्रतिनिधि र सोही वडाका सहकारी संस्था, सहकारी, बाल क्लव, युवा क्लव लगायत ४ वटा समूहको सहभागिता रहेको थियो । कार्यक्रममा कृषि सहकारी संस्थाको तर्फबाट ललीता कुमारी चौधरीले कृषकको लागी आएको अनुदान रकम, किसानको लागी खेतमा पुग्ने बाटो निर्माण, सिंचाइको अभाव र तिब्र गतिमा भईरहेको नदिको कटान कहिले रोक्ने प्रश्न गरेकी थिइन् । कार्यक्रममा कृषि सहकारीका तर्फबाट उठेको प्रश्नको जवाफ दिदै वडा अध्यक्ष सुबोध पटेलले वडामा कृषि सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको बताए । उनले नदिको कटान वडाको बजेटले नपुग्ने बताएका छन् । उनले वडाका धेरै स्थानमा नया सडक निर्माण गरेको बताएका छन् ।

वडामा सिंचाईको अभाव समेत नरहेको दावी गरे । वडाअध्यक्ष पटेलले तिब्र गतिमा भईरहेको नदिकटान नियन्त्रणका लागी प्रदेश सरकारसंग बजेट मागने पहल समेत भईरहेको बताएका हुन् । सोही कायक्रममा जिवन धारा कृषि सहकारी संस्थाबो तर्फबाट बोल्दै अजय कुमार पटेलले वडाका किसानले मेहनत गरेर उत्पादन गरेको कृषिबालीको विमा समेत गर्न माग गरेका थिए । वडा अध्यक्ष पटेलले कृषि विमाको लागि वडाले पहल गरेपनि कृषकको उत्पादनको विमा गर्नुपर्ने तर्फ वडाले कदम चालेकोभएपनि विमा कम्पनीले लागतको मात्र विमा गर्ने भन्दा कुरा नमिलेको बताएका छ्न । युवको तर्फबाट प्रशान्त पटेलले युवकोलागी खेल मैदानको ब्यस्ता कहिले हुने प्रश्न गरेका थिए । जवाफमा वडाअध्यक्ष पटेलले वडामा खेल मैदान रहेको र सो व्यवस्थित हुन नसकेको स्वीकार गर्दै खेल मैदानलाइ चालू आर्थिक वर्षमै व्यवस्थित बनाउने बताएका हुन । वडा अध्यक्ष पटेलले जनताको कामको लागि आफु निर्वाचित भएकोले जनताको काममा आफु सदैव अग्रभागमा रहेको काम गरिरहेको बताएका छन् ।

कानुन सम्मत काम गरेर जनताको मन जित्ने काम गरिरहेको अवस्थाका कानुनले वर्जित गरेको काम कसैले पनि गर्न नहुने उनको कथन थियो । उनले जातिय विभेद, लैगिंक विभेद लगायतका अन्य विभेदप्रति वडा जिम्मेवार रहेको बताउदै उनले विभेद अन्त्यका लागि वडाले सवैसंग समन्वय गरेर काम गरिरहेको बताए । अध्यक्ष पटेलले तुलनात्मक रुपमा समाज परिवर्तन भएपनि लक्ष्य अनुरुप परिवर्तन हुन नसकेको स्वीकार गर्दै अवकादिनमा बाल श्रम न्यूनिकरणमा समेत स्थानीय निकायले काम गर्ने बताए । कार्यक्रममा ज्योति फुयाल र कैलाश खत्रीले सहजिकरण गरेका थिए । करिब ३५ जनाको सहभागिता रहेको कार्यक्रममा जलवायु उत्थानशिल कार्यक्रम वृन्दावन नगरपालिकाकाक ३ वटा वडामा सो कार्यक्रम सम्पन्न गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here