गरुडा,८ असोज । एकजना वडा अध्यक्षले मिटर ब्याजमा पैसा लगाएर गरिवको उठिबास लगाएकाछन् । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडानं २ का वडा अध्यक्ष राजकुमार साह तेलीले २ लाख मिटर ब्याजमा दिएर एक गरिव परिवारको उठिबास लगाएका हुन् ।
२०६८ साल जेठ २६ गते हालका वडा अध्यक्ष साह तेली महाजनले माधव नारायण नगरपालिका वाडनं ५ का स्थानीय बासिन्दा राम प्रवेस सहनीलाइ उनकी श्रीमती उपचार गराउनका लागि २ लाख नगद मिटर ब्याजमा दिएका थिए ।
उनले पैसा दिने बेलामा सहनीको नाममा रहेको माधव नाराण नगरपालिका वडानं ४ को चार कठा खेत र सोही स्थानको १५ धुर जमिन पास गरेर लिएका थिए ।
१० बर्ष पहिला दिएको दुई लाखको वडा अध्यक्ष साह तेलीले पटक पटक गरेर २० लाख लिएको र जग्गा फिर्ता नगरेको पिडित सहनीले तराई एक्सप्रेसलाई बताए ।
वडा अध्यक्षबाट पिडित सहनीले बिहिबार गौर स्थित नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलन गरेर आफ्नो पिडा सुनाएका थिए ।
आफुले जग्गा पास गरेर ब्याजमा लिएको २ लाख पैसाको २० लाख दिईसक्दा समेत जमिन फिर्ता नगरेको पिडिको भनाई रहेको छ ।
सो बिषयलाई लिएर जिल्ला प्रशासन कार्यालय गौरमा पटक पटक जादा समेत कुनै सुनुवाई नभएको पिडित परिवारले गुनासो गरेकाछन् । गुनासो लिएर जिल्ला प्रशासन कार्यालयमा जादा सो कार्यालयमा कार्यरत कर्मचारी उमेश साहले हप्काएर पठाउने गरेको उनीहरुले पत्रकार सम्मेलनमा बताए ।
पछिल्लो समय सिडियोले समेत आफुहरुको कुरा नसुनेको पिडितले गुनासो गरेकाछन् । २ लाख दिएर जग्गा नामसारी गरेर आफ्नो नाममा गराउन सफल रहेका वडाअध्यक्ष साह तेलीले ४ कठा खेत र १५ धुर जमिन आफ्नै गाउका अर्का ब्यक्तिलाई बेचेपछि पिडित परिवार बिचल्लीमा परेकाछन् ।
सो बिषयमा वडा अध्यक्ष साह तेलीले आफ्नो बदनाम गराउनका लागि पत्रकार सम्मेलन गरेको बताए । उनले भने रामप्रवेस सहनीसंग मेरो कुनै आर्थिक लेनदेन नभएको समेत तेलीको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here