चन्द्रनिगाहपुर,९ असोज । वन गस्ति टोलीले रौतहटको वनबाट अबैध रुपमा चोरी गरेर लादै गरेको काठ बरामद गरेको छ । शुक्रबार साडे तीन बजेको समयमा बृन्दाबन सब डिभिजन वन अन्र्तगतको वन जंगलबाट काठ चोर तस्करहरुले साल जातको रुख काटी टुन टुक्रा पारी गोलिया बनाइ लान लागेको काठ बरामद गरेको हो ।
४ थानको २०.३९ क्युफिट काठ र साईकल थान–४ थान बरामद गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले जानकारी दिए ।
काठ चोरले काठ चेतनगर गाउँ तर्फ लागि रहेको भन्ने सुचनाका आधारमा वन गस्ति टोली र सशस्त्र बेश क्याम्प सन्तपुर रौतहट बाट खटी गएको सयुत गस्ती टोलिले सो काठ बरामद गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here