जनकपुर, ११ असोज । मधेशका महिलाहरुको निष्ठाको कठोर जितिया पर्वको अवसरमा पर्सी बुधबार महिलाहरुको लागि सार्वजनिक विदा घोषणा गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना संदेश जारी गर्दै असोज १३ गते बुधबार प्रदेश भरि महिलाका लागि सार्वजनिक विदा भएको जानकारी गराएका हुन् । सन्तान प्रतिको स्नेह झल्काउने आमाको जितिया पर्वले प्रदेश भरि नै आस्था र प्रेम कायम रहोस् भन्ने शुभकामना पनि मुख्यमन्त्री राउतले दिएका छन् ।