ओम प्रकाश यादव
गौर, ११ असोज ।
रौतहटमा श्रोत नखुलेको चार लाख भन्दा बढी रकम सहित दुई जना पक्राउ परेका छन । रौतहट प्रहरीले जिल्लाको दक्षिणी भेग स्थित नेपाल भारत सिमा नजिक औरैयाबाट अबैध रकम सहित दुई जनालाई पक्राउ गरेको हो । अबैध रकम सहित जिल्लाको इशनाथ नगरपालिका वडा नं. ३ औरैया घर भई हाल भारतमा बस्दै आएका २९ वर्षिय निरज कुमार राय र सोही ठाउ“का ७० वर्षिय रामचन्द्र राउतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले दुवै जनालाई शनिवार साँझ अबेर पक्राउ गरेपनि आइतवार दिउँसो मात्र सार्वजनिक गरेको हो ।
प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरी टोलीले सवारी साधन तथा पैदल यात्रीलाई रोकी चेकजाँच गर्ने क्रममा BR.30 Y-7222 नम्बरको भारतीय मोटरसाइकलमा सवार दुवै जनाको साथबाट चार लाख एकाउन्न हजार रुपैया बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मोटरसाइकलको पछाडी बसेका राउतले उक्त रकम राखेको र त्यसको कुनै श्रोत नखुलेकोले अनुसन्धानका लागि मोटरसाइकल सहित दुवै जनालाई पक्राउ गरिएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डिएसपी नारायण प्रसाद चिमरीयाले बताए ।
पक्राउ परेकाहरुलाई उनीहरुले प्रयोग गरेको मोटरसाईकल सहित हिरासतमा लिएर थप अनुसन्धान भईरहेको डिएसपी चिमरीयाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here