जनकपुर, १२ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् ।
सर्वसहमति हुन नसकेपछि सोमबार अबेर राती भएको मतदानबाट सोनल दलको नेतामा निर्वाचित भएका हुन् ।
प्रदेश २ मा लोसपाका १६ जना प्रदेश सभा सदस्यहरु छन् । निर्वाचनबाट सोनल ९ मत ल्याई निर्वाचित भएका हुन् भने प्रदेश सांसद उपेन्द्र महतोले ६ मत ल्याए । त्यस्तै एक मत बदर भएको छ । यसअघि तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ का दलका नेता पनि सोनल नै थिए । दलको नेता छनौट गर्न आइतबार दिउँसोदेखि जनकपुरको सिटी स्टार होटेलमा अध्यक्ष महन्त ठाकुर, बरिस्ठ नेता राजेन्द्र महतो, शरत सिंह भण्डारी, अनिल झासहितको शिर्ष नेतृत्वको उपस्थितिमा बैठक चलेको थियो । बैठकले संसदीय दलको विधान पारित समेत गरेको छ । सर्वसहमतिबाट चयन नभएपछि सोही विधान अनुसार निर्वाचन गरि दलका नेता चयन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here