चन्द्रपुर,१३ असोज । चन्द्रपुर नगरपालिकाको वडानं ८ स्थित मरधर जाने बाटो जिर्ण हुंदा समेत सम्बन्धीत निकायले ध्यान नदिएको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
सन्तपुर स्थित मोडबाट मरधर ,सिन्धुरेघारी जानेबाटो हिलोका कारण हिड्नै नसक्ने अवस्थामा पुग्दा समेत वडा कार्यालयले चासो नदिएको स्थानीय बासिन्दा शान्तिराज गिरीले गुनासो गरे ।
पछिल्लो समय चल्तीको सो बाटोमा वडा कार्यालयले ग्रेवलका नाममा मनलाग्दी ढुंगा मिसिएको ग्रेवल हालेका कारण समस्या उत्पन्न भएको स्थानीयको भनाइ रहेको छ ।
एक झर पानीमै बाटो हिंडन नसक्ने हुने गरेको भएपनि सम्बन्धीत निकायले ध्यसतर्फ ध्यान नदिएको गुनासो बढदै जान थालेको छ । स्थानीय बासिन्दाले बाटो मर्मत गर्नुपर्नेमा जोड दिएका छन् ।
सो बाटो पछिल्लो समय चल्तीको बन्दै जादा बाटो मर्मत नहुनाले सवारी दुर्घटनाको खतरा बढ्दै जान थालेको छ । २०७८ असोज १३ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here