चन्द्रपुर, १५ असोज । रौतहटमा विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । अन्तराष्ट्रिय विपद् जोखिम न्युनिकरण दिवसको १३ अक्टुवर २०२१ को अवसरमा चन्द्रपुर नगरपालिका वडा नं—९ मा रहेको श्री जन जागृति माविमा विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको हो । यूरोपियन युनियन अक्सफम इन नेपालको सहयोग आर.डि.सि नेपाल र जन जागृति माविको आयोजनामा चन्द्रपुर नं— ९ सिन्दुरेघारीको जागृति मावि विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको आरडिसि नेपालकी सहज कर्ता ज्योति फुया“लले बताइन् । विद्यालय स्तरिय चित्रकला प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि चन्द्रपुर नगरपालिका वडा नं—९ का वडा अध्यक्ष गोविन्द प्रसाद दुलाल रहेको थियो भने कार्यक्रमका सभा अध्यक्ष विद्यालयका प्रधान अध्यापक शत्रुधन साहले गरेका थिए । यस्तै आरडिसि नेपालका सहज कर्ता ज्योति फुयालको सहभागिता रहेका थिए ।
प्रतियोगिताका प्रथम कक्षा ९ मा अध्यनरत रविना हुमागाई, दोस्रो अविस्कार कार्की र तितिय कक्षा ७ का राजेश कुमार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here