चन्द्रपुर, १६ असोज । ट्रकको ठक्करबाट रौतहटमा एक जना युवकको मृत्य भएको छ । चन्द्रपुर नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत चा“दी–वाग्मती खण्डमा भारतीय मालवाहक ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको हो । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएका छन् ।
शुक्रबार राति चा“दीपुलनजिक पूर्वबाट आउ“दै गरेको यूपी ३५ एटी ४२७३ नम्बरको भारतीय मालवाहक ट्रकको ठक्करबाट चन्द्रपुर–२ जुडिबेला घर भएका ३७ वर्षीय सोनालाल चौधरीको मृत्यु भएको हो । शुक्रबार राति ना ३५ प १८९३ नम्बरको मोटरसाइकल चढेर घर जादै गर्दा बाटोमा ट्रकले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए ।
तत्कालै उपचारका लागि स्थानीय एपोलो सिटी अस्पताल लगिएकोमा चौधरीको मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here