अशोक पहाडी
,रौतहट,१७ असोज ।
चादी खोलाले बगाउदा एक जनाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडानं ३ बरबोट घर भएका १४ बर्षिय सुकराम ठोकरको ज्यान गएको हो । शनिबार साँझ गैटाटार बजार आएका ठोकर साँझ अन्दाजी ८ बजेको समयमा खोला तरेर घर जाने क्रममा चादी खोलाले बगाएको थियो । उनको शव तीन किलोमिटर तल खोलामा फेला परेको चन्द्रपुर ३ स्थानीय संचारकर्मी उपेन्द्र गोलेले तराई एक्सप्रेसलाई बताए ।
२ दिनदेखीको लगातारको बर्षाले चादी खोलामा आएको बाढीले ठोकरलाई बगाएको हो । शव फेला परेको स्थानमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी टोली जादै गरेको डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here