काठमाण्डौं,१८ असोज । नेकपा एमालेका रौंतहट जिल्ला अध्यक्ष तुलसी राज गिरीले माधव नेपालले रौतहट जिल्लाको विकासका कुनै योगदान नगरेको बताएका छन । रौंतहट काठमाण्डौं सम्पर्क मञ्चले आज राजधानीमा गरेको विस्तारित बैठक तथा दशैं,तिहार र छठ शुभकामना कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेता गिरीले नेपालले आफ्नो आसेपासेलाई पोस्ने बाहेक जिल्लाको समृद्धि , रोजगारी र औधोगिकीकरणमा कुनै योगदान नरहेको बताए ।
आगामी रौतहटको निर्वाचनमा एमाले एक्लै लडेर बहुमत ल्याउने गिरीको दावी छ । सो कार्यक्रममा रौंतहट जिल्ला,क्षेत्र नं- १ सभासद ववन सिंह,पार्टीका प्रदेश कमिटिीका सदस्यहरु सचितानन्द साह, किरण साह,उद्धव रेग्मी, प्रमोद चौधरी,राजु धामी,वैधनाथ सहनी लगायत जिल्ला नेताहरुको सहभागिता दशै ,तिहार तथा छठ पर्वहरुके शुभकामना व्यक्त गरेका छन ।
यसैगरी प्रदेश नं। २ प्रदेश सम्पर्क मञ्च संयोजक विल्टु यादव,प्रदेश कमिटी सदस्य विरेन्द्र उप्रेती,अनेरास्ववियूका केन्द्रीय सचिव तथा प्रदेश ईन्चार्ज कनिश पटेल,नेकपा एमाले पार्टीका समाजिक सेवा बिभागको केन्द्रीय सदस्य प्रमोद चौधरी, अखिल केन्द्रीय सदस्य अन्जना सिवाकोटी लगायत,पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ता र रौतहट काठमाण्डौं सम्पर्क मञ्चका कार्यसमिति विच परिचयात्मक कार्यक्रम शुभकामना मन्तब्य मञ्चका सदस्य खेम कार्कीले राख्नुभएको थियो ।
रौतहट जिल्लाबाट काठमाण्डौमा बसेका पार्टीका आस्थावान व्यक्तिहरुलाई समेटदै जाने र आगामी दिनमा जिल्ला र काठमाण्ठौंका नेता कार्यकर्ताको उपस्थितिमा वृहत कार्यक्रम गर्ने विषयमा वक्ताहरुले जोड दिएका छन ।
रौंतहट–काठमाण्डौं सम्पर्क मञ्चका अध्यक्ष दिवस तिमल्सिनाको अध्यक्षतामा भएको विस्तारित वैठक तथा शुभकामना आदान प्रदान कार्यक्रमको संचालन नवगठित सम्र्पक मञ्चका सह सचिव रवि शाहले गरेका थिए ।