जनकपुर,२० असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आज विश्वासको मत लिन लागेका छन् । प्रमुख सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको कारण उनले दोश्रो पटक विश्वासको मत लिन लागेका हुन् । सत्तारुढ दल विभाजन भएको अथाव सरकार निर्माण भएको एक महिना भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सरकारकै सिफारिसमा झण्डै दुई महिना पश्चात आज प्रदेशसभा बैठक आह्वान गरिएको छ । गएको भदौ ९ गते निर्वाचन आयोगमा जसपा विभाजन भएको थियो । यधपी सनाखतको समय भदौ २२ गतेसम्म निर्वाचन आयोगमा भएकाले सो अनुसार मुख्यमन्त्री राउतले एक महिना भित्र विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री राउतलाई जसपा, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले विश्वासको मत दिने भएको छ । पाँचदलीय गठबन्धनक आधारमा यी दलहरुले विश्वासको मत दिने तयारी गरको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here