गौर,२१ असोज । करिव डेढ वर्षदेखि बन्द रहेको नेपाल भारत सीमा बुधबारदेखी खुल्ला भएको छ । नेपाल सरकारले सबै नाका खोल्ने निर्णय गरेपनि एसएसबीको अवरुद्धको कारण बन्द रहेको रौतहटको सीमा नाकामा बुधबारदेखी सवारी साधन समेत आवागमन सुचारु भएको छ । गत ५ गते बसेको मन्त्रिपरिषदको बैठकले बन्द रहेको सीमा नाकामा स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण कार्यान्वयन सहित आवागमन सुचारु गर्ने गरेको निर्णय गरेको थियो । तर भारतिय सिमा सुरक्षाबल एसएसबीले माथी बाट आदेश नभएको भन्दै रोकेका थिए । रौतहटका सिडियो ईन्द्रदेव यादव र भारतीय सुरक्षा अधिकारी बीच पटक—पटकको संबाद पछि बुधबार देखि गौर नाका खुला भएको छ ।
बुधबार देखि भारतिय नम्बरको गाडीको जिल्ला भन्सार कार्यालय गौरले राजस्व संकलन समेत गर्न सुरु गरेका छन । भारतीय नाका खुले संगै दैनिक सैयौं मानिस गौर बैरगनिया आवतजावत गर्न पैदल हिंडेर जानू आउनुपर्ने बाध्यताको अन्त भएको छ । कोरोना महामारीको कारण सरकार द्वारा बन्द गर्ने निर्णय पछि २०७६ चैत्र ११ गते देखि भारतिय सीमा नाका बन्द रहेको थियो । चांडपर्वको मुखमा सिमा नाका संचालन भएको खबरले स्थानीयहरु उत्साहित भएका छन । चांडपवमा कपडा,किराना लगायत आवश्यक सामान खरिद गर्न रौतहटका अधिकांश जनता सिमावर्ती भारतिय बजार माथिनै निर्भर रहेका छ । हिन्दुहरुको महान पर्व बडादशैं,तिहार,दिपावली,छठ आउन केही दिन मात्र बांकी छंदै भारतिय सिमा नाका खुल्ला भएपछि रौतहटका हजारौं नागरिकको लागि ठुलो राहत तथा सुबिधा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here