चन्द्रपुर, २१ असोज । बाघको आक्रमणबाट रौतहटमा एजना घाईते भएको छ । बाघको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं—६ का यज्ञ बहादुर रायमाझी घाइते भएको हो ।
लमाहा पुल पारी कालिखोला नजिकै पुर्व पश्चिम राजमार्गमा साईकल राखेर  घा“स दाउरा लिन जा“दै गर्दा बाघ देखिएको र भाग्न खोज्दा पछाडी बाट आक्रमण गरेको घाइते रायमाझीले बताए । उनको दुवै हातमा चोट लागेको बताएका छन् ।
उनीहरु ७ जनाको समुहमा घा“स दाउरा लिन जंगल गएका थिए । बाघले आक्रमण गरेपछि आफू संग भएको बन्चरोले बाघ लाई हानेर भाग्न सफल भएको रायमाझीले बताएका हुन् ।
घाईते रायमाझीको सभिल हस्पिटल चन्द्रनिगाहपुरमा उपचार भइरहेको छ ।
एकबर्ष अघि देखि शुरु गरीएको वन्यजन्तु गणनामा रौतहटको जंगलमा ४ वटा बयस्क बाघ रहेको ठहर भएको थियो ।
रौतहटमा धनसर खोला पूर्व, वाग्मती खोला पश्चिमको वन क्षेत्रको गैंडाटार, जुडिबेला, चोचा, सिम्री , नुनथर लगाएतका स्थानमा १७ जोर क्यामेरा जडान गरिएको थियो ।
एक वर्षअघि रौतहटको चन्द्रपुर—६ का एकयुवक बाघको आक्रमणबाट मारीएका थिए भने जिल्लामा पछिल्लो समय बाघले आक्रमण गर्दा ४ जना घाइते भैसकेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here